सिमेन्ट उद्योगका कारण पानीका मुहानहरु संकटमा

तुलसीपुर, ८ असोज
जुरपानिया मैनेतारा खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको पाचौ साधारणसभा आइतबार त्लसीपुर १८ अक्कासीमा सम्पन्न भएको छ । साधारणसभामा वोल्ने वक्तारुले खानेपानीका मुहान संरक्षणका लागी सवै सरोकारवालाहरु एक हुनुपर्ने बताएका थिए । समयमै मुहान संरक्षण नगर्ने हो भने दाङमा निकट भविष्यमै खानेपानीको समस्या पर्ने बताएका थिए ।दाङका सिमेन्ट उद्योगका कारण पानीका मुहानहरु संकटमा रहेको प्रति सबै सचेत हुनुपर्नेमा वक्ताहरुको जोड रहेको थियो ।
सस्थाका अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सांसद अनारकलीले शुद्ध खानेपानी सवै नागरिकको अधिकार भएको बताउनुभयो । सो अबसरमा तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाका अध्यक्ष खेमराज वली, घोराहि खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाका अध्यक्ष देवी बहादुर डिसी,अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाका कोषाध्यक्ष संगीत बस्याल,वेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाका अध्कयक्ष प्रदिप गौतम,तुलसीपुर उपमहानगरपालीकाका कार्यपालिका सदस्य देवराज विक,वडा नम्बर १८ का अध्यक्ष माधव वली,शेर बहादुर खड्का,घनस्याम नेपाली लगाएतले बोल्नुभएको थियो । शस्थाका उपाध्क्यक्ष राम कुमार डागीको स्वागत मन्तब्य बाट सुरु भएको सभामा कोषाध्यक्ष मोहन नेपालीले ८३ लाख७० हजार ६ सय १० रुपैया बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गनर््भएको थियो ।कार्यक्रमको सहजीकरण सचिब कुल प्रसाद नेपालीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ असोज ८ गते आइतवार
प्रतिक्रिया