गुट र फुटबाट पार्टीलाई जोगाउनु पर्छ

तुलसीपुर ८, असोज ।
एमालेका नेताहरुले पार्टीलाई गुट र फुटबाट जोगाएमा मात्रै लक्ष्यमा पुग्ने सकिने बताएका छन् । नेकपा एमाले तुलसीपुर उप महानगरपालिका ७ नम्बर वडा कमिटीले आयोजना गरेको दशै मिलन तथा वडा भेलालाई सम्बोधन गर्दै नेताहरुले एकता र एकमानाका साथ अघि बढ्नु पर्ने बताए ।
मुलुकको आमूल परिवर्तन र समृद्ध नेपाल निर्माण एमालेले मात्र बनाउन सक्ने दाबी गर्दै उनिरुले संघ र प्रदेशको निर्वाचनका लागि अहिले देखि नै तयारी थाल्न कार्यकर्तालाई आग्रह गरे । राष्ट्रियताको सवाल उठाउदा दुई नम्बर प्रदेशमा राजनीतिक गठबन्धन गरेर एमालेलाई बढार्ने प्रयास भएको भन्दै मधेसवादी दलका केहि किल्ला भत्काएर पार्टीको इजत जोगाएको बताए । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिव हिराचन्द्र केसी, प्रदेश कमिटी सदस्य जोगबहादुर राना, जिल्ला कमिटी सदस्य पदम केसी, विनोद शर्मा, सुरेश आचार्य, कार्यपालिका सदस्य द्धोय चित्रा मल्ल, दिपक कुमाल लगाएतले बोल्नुभएको थियो ।
नेकपा एमाले तुलसीपुर उप महानगरपालिका ७ नम्बर वडा कमिटी संयोजक पिताम्बर आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव हरीप्रसाद भण्डारीले गर्नुभएको थियो । यसैविच भेलाले प्रेम चन्द गैरेको अध्यक्षतामा १५ सदस्य वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा रम्बा आचार्य, सचिव हरीप्रसाद भण्डारी, कोषाध्यक्ष भुवन भुसाल, सह–सचिव द्धोय नारायाणकुमारी रेग्मी, निबहादुर रिजाल रहनु भएको छ ।  त्यसैगरी सदस्यहरुमा पुष्कर श्रेष्ठ, दिमाया विक, मोहन चौधरी, चम्परा राना, टिकाराम नेपाली, चेतना भट्टराई, माया रिजाल र ढुण्डीराज पराजुली रहनुभएको छ ।

प्रकाशित मिति : २०७४ असोज ८ गते आइतवार
प्रतिक्रिया