रोजगारी मुलक शिक्षा दिनुहोस : श्रमराज्यमन्त्री चौधरी

ध्रुवराज न्यौपाने

दाङ, ७ असोज । श्रम राज्यमन्त्री डिल्ली चौधरीले अवको शिक्षा रोजगारी मुलक हुनुपर्ने बताउनुभएको छ । नेपाल शिक्षक संघ तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको दशैमिलन कार्यक्रममा बोल्दै उहाँले विभिन्न विद्यालयमा गुणस्तरीय प्राविधिक शिक्षा दिएर दक्षजनशक्ति उत्पादन गरी स्वदेशमै रोजगारीको सिर्जना गर्ने तर्फ शिक्षा दिन शिक्षकहरुलाई आग्रह गर्नुभयो । चौधरीले अव हुने प्रदेश र केन्द्रको चुनावमा कांग्रेसलाई विजय गराउन लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले नेपाली कांग्रेसलाई बलियो बनाउन शिक्षकहरुको महत्पूर्ण भुमिका भएको बताउनुभयो ।

पूर्व सांसद गेहेन्द्र गिरीले शिक्षकहरुले पार्टीमा ठुलो सहयोग गरेको भन्दै आगामि दिनमा पनि कांग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो । नेपाल शिक्षक संघ तुलसीपुर उपमहानगरपालिकाका अध्यक्ष लेवेन्द्र केसीको अध्यक्षता एवं श्रम राज्यमन्त्री डिल्ली चौधरीको प्रमुख आतिथ्यता तथा कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरी, पूर्व सांसद गेहेन्द्र गिरी , क्षेत्रीय सभापति जगत खड्काको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा महासमिति सदस्य देविका नेपाली, नेपाल शिक्षक महासंघ दाङका जिल्ला अध्यक्ष अमरबहादुर खड्का, नेपाल शिक्षक संघ दाङका अध्यक्ष युवराज बस्नेत,नेपाल शिक्षक संघ सल्यानका पूर्व अध्यक्ष तथा गुरु जजुर नमुना मावि का प्र.अ. विष्णु प्रसाद आचार्य,नेपाल शिक्षक संघ दाङका सल्लाहकार रमेश पाण्डे,सचिव अर्थ पूर्ण बहादुर खत्री, सचिव प्रकाश डागी, उपाध्यक्ष योगराज खत्री, महिला उपाध्यक्ष अनन्ता केसी, वडा नं ७ का वडा अध्यक्ष टोप बहादुर केसी, नेपाल शिक्षक संघ दाङका निवर्तमान अध्यक्ष अर्जुन योगी लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा स्वागत खिम बहादुर रोकाले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण नेपाल शिक्षक संघ तुलसीपुर उपमहानगरपालिका सचिव तिलकराज डागी र वडा नं ४ का सचिव धु्रवराज न्यौपानेले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ असोज ७ गते शनिवार
प्रतिक्रिया