दाङबाट चार सय खसी र बोका काठमाण्डौं पठाईयो

तुलसीपुर,६ असोज । दाङ बाट दशैका लागी ४४ लाख बढीका खसीबोका काठमाडौँ पठाइएको छ । नेपाल खाद्य सस्थानं कार्यलय तुलसीपुरले सहुलियतको खसि बोका दाङ्मा खरिद गरेर काठमाडौँ पठाएको हो । असोज ३ गतेदेखी कार्यालयमै खसिबोका खरिद केन्द्र सञ्चालन गरेको नेपाल खाद्य सस्थानं अञ्चल राप्तिले चार सय तिन वटा खसि बोका काठमाडौँ पठाएको कार्यालय प्रमुख कृष्णप्रंसाद चौधरीले जानकारी दिनुभयो ।

कार्यालयले बिहिबार बिहान दुइ सय तिन, खसि बोका, र शुक्रबार दुइसय बोका काठमाडौँ पठाएको नेपाल खाद्य सस्थानं तुलसीपुरले जनाएको छ । खाद्य सस्थानं कार्यालय राप्ति तुलसीपुरले जिउँदो २५ किलोभन्दा कमका बोकालाइ तिनसय ६० रुपैया प्रतिकिलो २५ किलोसम्मको खसीलाइ तिनसय ७० रुपैया र त्यो भन्दा माथिकालाइ तिनसय ८५ रुपैया प्रतिकिलोका दरले चार सय तिन खसी,बोका खरिद गरी एकलट बिहिबार पठाएको र पछिल्लो लट शुक्रबार पठाएको कार्यालय प्रमुख चोधरी ले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७४ असोज ७ गते शनिवार
प्रतिक्रिया