चाडपर्वलाई भट्कीलो नगराउन आग्रह

तुलसीपुर,७ असोज । ३८औ सामाजिक दिवसको अवसर पारी रोटरी क्लब अफ तुलसीपुर सिटिले दशैको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । क्लबका अध्यक्ष तुफानबाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले चाडपर्वलाई भट्कीलो नगराउन आग्रह गरेका थिए । कार्यक्रममा अध्यक्ष श्रेष्ठले समाजसेवा बिकासोन्मुख देशको बिकासका लागि एउटा मेरुदण्ड भएको बताएका थिए ।

समाज सेवामा नागरिकहरुको आकर्षण अनि नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्नका लागि समाज सेवा दिवस मनाउन शुरु गरिएको भन्दै यो बिशुद्ध सेवामुलक काममा कुनै राजनीति, पुर्वाग्रह, धर्म या सम्प्रदाय मिसिन नहुने उनले बताएका थिए । रोटरियन सन्दिपन रिजालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष कुशल तर्ताल, बिमल रिजाल, ललित बहादुर घर्ती, बिरु रावत, उपाध्यक्ष शिव श्रेष्ठ, कोषाध्यक्ष बिनिल केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

मर्यादापालक दुर्गा केसीले सहजिकरण गरेको कार्यक्रममा क्लबका उपाध्यक्ष यज्ञ बहादुर केसीले धन्यवाद ज्ञापन गरेका थिए ।

यसैबिच रोटरी क्लब अफ तुलसीपुर सिटीले उक्त क्लबका पूर्व अध्यक्ष बिजय केसी शिवालिक बचत तथा ॠण सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा, पूर्व अध्यक्ष अनुपकुमार श्रेष्ठ उपाध्यक्ष पदमा, अध्यक्ष तुफानबाबु श्रेष्ठ कोषाध्यक्ष पदमा, प्रस्तावित अध्यक्ष देव बहादुर केसी सचिब पदमा र भावी अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ ॠण उपसमितीको सदस्य पदमा सर्वसम्मत निर्वाचित भएकोमा तथा क्लबका उपाध्यक्ष सुरेश हमाल नेपाल प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यबसायी संघको सचिब पदमा निर्विरोध निर्वाचित भएकोमा स्वागत एवम् बधाई ज्ञापन गरेको छ ।

साथै सोही अवसरमा नवगठित ईन्ट्रयाक्ट क्लब अफ गोरखा बोर्डिङका अध्यक्ष पबन घिमिरे, उपाध्यक्ष कृष्ण गौतम र कोषाध्यक्ष सिर्जना थापालाई पनि स्वागत एवम् बधाई ज्ञापन गरिएको थियो ।

प्रकाशित मिति : २०७४ असोज ७ गते शनिवार
प्रतिक्रिया