भिरबाट लडेर एक जनाको ज्यान गयो

तुलसीपुर, ६ असोज
पश्चिम दाङमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । शान्तिनगर गाउँपालिका ४ निबासी ६२ बर्षका जोगीबहादुर बोहराको चिरेघाटको भिरबाट लडेर ज्यान गएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक विवेक शाहले जानकारी दिनुभयो । बुधबार देखि हराईरहेका बोहरा विहिबार मृतअवस्थामा फेल परेको प्रहरीले बताएको छ । मापसे गर्ने भएकाले उनि लट्पटिएर ३० मिटर अल्गो भिरबाट खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । यद्यपी घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०७४ असोज ६ गते शुक्रवार
प्रतिक्रिया