तुलसीपुर, ६ असोज
तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य दिपक कुमालले व्यक्तिगत लगानीमा जिर्ण सडक निर्माण गर्नु भएको छ । तुलसीपुर उपमहानगरपालिका ७ को तमाखे र राममन्दिरको विचमा पर्ने एक सय मिटर जिर्ण सडकमा ह्युमपाइप विछयाउनुका साथै खाल्डाखुल्डी पुरेको कार्यपालिका सदस्य कुमालले बताउनुभयो । केहि समय अघि आएको बाढीले सडक जिर्ण बनाएको थियो । जिर्ण सडक मर्मतका लागि करिब ७ हजार रुपैयाँ लागेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति : २०७४ असोज ६ गते शुक्रवार