बिकासका लागी शुसासन आवस्यक

यमकला भुसाल,तुलसीपुर ६ असोज । सदाचार,सुसासन तथा भ्रष्टचार विरुद्ध सरोकारवालाहरुसगँ छलफल तथा अन्तरक्रिया कार्यक्रम आज कालाखोलामा सम्पन्न भएको छ । विकासका लागी सामाजिक सद्भावको आयोजना तथा ट्रान्सपरेन्सी इन्टरनेशनलको सहकार्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

विकासका लागी सामाजिक सद्भावका अध्यक्ष लक्ष्मणकुमार रेग्मीको अध्यक्षता एवंम तुलसीपुर उपमहानगरपालीका वडा नम्मर ७ का वडा अध्यक्ष टोपबहादुर केसीको प्रमुख आथ्यितामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले कुनै पनि ठाउँमा बिकास गर्नका लागी सुसासन कायम हुन जरुरी रहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति केसीले समाजमा भ्रष्टचार निर्मुल नभएसम्म तब सम्म सुशासन कायम नहुने बताउनुभयो । वडाअध्यक्ष केसील ७ नम्वर वडालाइ आफूले नमुना वडाको रुपमा स्थापीत गरेरै छाड्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा मावि कालाखोलाका प्रध्यानाध्यापक राजिब ओझा, सह प्रध्यानाध्यापक छविलाल न्यौपाने,समाजसेवी श्यामलाल पोखरेल, शुक्रराज पोखरेल, मनकुमारी विक,स् वमसेबिका पार्वता पोखरेल लगाएतकाले बोल्नुभएको थियो ।

सस्थांका कार्यक्रम सयोंजक ठाकुरप्रसाद जिसिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सस्थांकी सचिव पुनम रेग्मी शर्माले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ असोज ६ गते शुक्रवार
प्रतिक्रिया