रोशन गिरी
तुलसीपुर, ६ असोज/ मिसन बेटर नेपाल अन्र्तगत बेटर दाङ्ग च्याप्टरले अपाङ्ग तथा अशक्त बालिका रामकली वि.क.को परिवारलाई सहयोग प्रदान गरेकोछ । बबई गाउँपालिका वडा नंं.४ निवासी १८ वर्षकी विक हिडडुल गर्न, बोल्न समेत सक्दिनिन् । पारिवारिक आर्थिक अवस्था कमजोर भएको परिवारलाई हापुरेकै स्थानीय विद्यालय ग्रेट आईडियलको हलमा झण्डै १० हजार बरारको लत्ताकपडा, खाद्यान्न लगायतको सामाग्री हस्तान्तरण गरिएको हो । बेटर दाङ्गका यज्ञ वि.क.को सभापतित्वमा सम्पन्न उक्त सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि ग्रेट आईडियलका प्रिन्सिपल दिपक शाहले विविध क्षेत्रका युवाहरुको क्षमतालाई एकताको भावनामा समेट्दै मिसनले राष्ट्रको सम्बृद्धिमा लागनु उदाहरणीय तथा अनुकरणीय काम भएको बताउनुभयो । कार्यक्रममा दाङ्ग च्याप्टरका को कन्भेनर ईन्द्र वि.क.ले मिशनका बारेमा प्रकाश पार्नुभएको थियो भने दिपक बस्नेत, भिम भण्डारी, मन्जु कंडेल, पुनम शाह लगायतले पनि बोल्नुभएको थियो ।