समयमै काम गरेर इमान्दीरता देखाउन सिडीयोको आग्रह

तुलसीपुर, ५ असोज

तुलसीपुरमा स्थापना भएको २७ बर्षपछि इलाका प्रशान कार्यालय तुलसीपुरले आफ्नो भवन निर्माण गर्न लागेको छ । भ्याट बाह्यक दुई करोड ४९ लाख १० हजार ंलागतमा सुविधासम्पन्न भवन निर्माण गर्न लागेको इलाका प्रशान कार्यालय तुलसीपुरका संचार अधिकृत यादव भुसालले जानकारी दिनुभयो ।
यसैविच निर्माण हुन लागेको भवनको दाङका प्रमुख जिल्ला अधिकारी जगेन्द्रबहादुर श्रेष्ठले बिहिबार शिलन्यास गर्नु भएको छ । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले विधिपूर्वक पुजाआज गरी भवनको शिलन्यास गर्नु भएको हो । शिलन्यास कार्यक्रमपछि बोल्दै श्रेष्ठले तोकेको समयमा निर्माण कार्य पुरा गरेर इमान्दारिता देखाउन निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो ।
ठेक्का लिने बेला होडबाजी गर्ने र काम गर्दा ढीलासुस्ती गरेका तमाम उदाहरण भएको भन्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले छिटोछरितो र गुणस्तरीय भवनको निर्माण गरेर विश्वासको वातावरण तयार गर्नुपर्ने बताउनुभयो । यता भवन निर्माणको जिम्मा लिएको जुद्ध एण्ड पुर्ण निर्माण सेवाका पुर्ण भण्डारीले तोकेको समय अगाबै निर्माणकार्य पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । भण्डारीले चौविस महिनाको समय भएपनि अठाह्र महिना भित्र भवनको निर्माण कार्य पुरागर्ने दाबी गर्नुभयो ।
जुद्ध एण्ड पुर्ण निर्माण सेवाले २०७६ असाढ २४ गते दुईतले सुविधासम्पन्न भवन निर्माणका लागि २०७४ असाढ २५ गते शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यलय दाङसंग सम्झौता गरेको थियो । आफ्नो भवन नहुँदा इलाका प्रशासन कार्यालयले बार्षिक दुई लाख रुपैयाँ तिरेर कोठाभाडामा बस्दै आएको छ । इलाका प्रशान कार्यालय प्रमुख धनबहादु केसीको अध्यक्षतमा भएको कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यलय दाङका प्रमुख राजेन्द्र पाण्डे, नगरविकास समितिका अध्यक्ष यज्ञबहादुर केसी लगाएतले गुणस्तरीय काम गर्नुपर्नेमा जोड दिएका थिए ।

 

प्रकाशित मिति : २०७४ असोज ५ गते बिहिवार
प्रतिक्रिया