करेण्ट लागेर लमहीमा एक महिलाको मृत्यु

प्रिया स्मृति गजमेर,लमहि ५ असोज । करेण्ट लाग्दा लमहीमा एक महिलाको ज्यान गएको छ । लमही नगर पालिका वडा न.४ को अर्नवामा करेन्ट लागेर शान्तादेबी बिकको ज्यान गएको प्रहरीले जनाएको छ । बाटो क्रस गर्दा भुइमा लत्रिएको बिजुलिको नाङ्गो तारमा टेक्दा उनलाइ करेन्ट लागेको थियो ।

करेन्ट लागि अचेत अबस्थामा रहेकी विकलाई इसिजीका लागि लमहिको फ्लोरेन्स अस्पतालमा लगिएको र इसिजी पछि डक्टरहरुले बिकलाई मृत घोषणा गरेको लमही प्रहरिले जनाएको छ ।।

प्रकाशित मिति : २०७४ असोज ५ गते बिहिवार
प्रतिक्रिया