गोरखा बोर्डीङमा इट्रयाक्ट क्लब गठन

तुलसीपुर, ४ असोज ।

रोटरी क्लब अफ तुलसीपुर सीटीले गोरखा बोर्डीङमा पवन घिमीरेको अध्यक्षतामा ३४ सदस्यीय इट्रयाक्ट क्लब गठन गरेको छ । क्लबको उपाध्यक्षमा कृष्ण गौतम,सचिवमा अपराजिता पार्धे,कोषाध्यक्षमा सृजना थापा र सहसचिवमा ऋषिकेश उपाध्याय चयन हुनुभएको छ ।
कार्यक्रम रोटरी क्लब अफ तुलसीपुर सीटीका अध्यक्ष तुफानबावु श्रेष्ठको अध्यक्षता एवं गोरखा बोर्डीङका प्राचार्य बिजय जिएमको प्रमुृख आतिथ्यता र पूर्व अध्यक्ष बिजय केसीको बिशिष्ट आतिथ्यमा भएको थियो ।

क्लबका पूर्व अध्यक्ष धर्मेन्द्रकुमार बैश्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथी जिएमले नवगठित क्लबका पदाधिकारी तथा सदस्यहरुलाई सफल कार्यकालको शुभकामना दिंदै सामाजिक कार्यमा सधै सक्रिय भएर लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा बिशिष्ट अतिथी केसीले इट्रयाक्ट क्लबको बारेमा जानकारी गराउनुभएको थियो ।
यसैबिच रोटरी क्लब अफ तुलसीपुर सीटीले गोरखा बोर्डीङमै चार सुत्रिय कसी बोर्ड बितरण गरेको छ । बोर्ड बिरतण कार्यक्रममा अध्यक्ष श्रेष्ठले सफलता प्राप्तीमा कुनै कुरा बोल्दा अरुलाई कस्तो प्रभाव पर्छ भन्ने कुराको हेक्का राख्नुपर्ने बताउनुभयो । उहाँले आफूले गर्ने कामबाट कसैमाथि अन्याय हुन नहुने भन्दै सबैको हित हुने काम मात्रै गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा रोट्रयाक्ट क्लबका अध्यक्ष सचिन पौडेल,सचिव कमल डाँगी लगाएतकाले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण रोटरियन देवेन्द्र केसीले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०७४ असोज ४ गते बुधवार
प्रतिक्रिया