बाल संरक्षण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सपन्न

तुलसीपुर, ४ असोज

नवजागरण महिला तथा बाल संरक्षण केन्द्रको आयोजना तथा यूनिसेसफ र तुलसीपुर उप महानगरपालिकाको सहयोगमा दु्ई दिने बाल संरक्षण संयन्त्र र यसको भूमिका सम्बन्धी अभिमुखिकरण कार्यक्रम तुलसीपुरमा सपन्न भएको छ ।  कार्यक्रममा उपमहानगरभित्रका सामाजिक परिचालक र बाल क्लवका प्रतिनिधिहरुलाई बालअधिकार, बाल संरक्षण, बालश्रम न्यूनिकरणका उपाय, बाल संरक्षण संयन्त्र र यसको भूमिका, बालबालिकाका मुद्धा व्यवस्थापन र बाल संरक्षणमा सिफारिश प्रणाली सम्बन्धी प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा बालसंरक्षणमा सामाजिक परिचालक र बाल क्लवले खेल्नुपर्ने भूमिकाबारे पनि छलफल गरिएको थियो ।तुलसीपुर उप महानगर पालिका ६ नम्बरका वडा अध्यक्ष नवराज लामीछानेको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिका समाज कल्यान अधिकृत टोपबहादुर डाँगीको प्रमुख आथित्यमा भएको समापन अवसरमा प्रशिक्षक दुर्गालाल केसी, कार्यक्रम संयोजक भिम खत्री, स्थानीय साशन जिल्ला सहजकर्ता नानीमैया वली, पत्रकार नारायण भण्डारी लगाएतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : २०७४ असोज ४ गते बुधवार
प्रतिक्रिया