दुई सय खसी बोका खरिद,यस्तो छ खरीद मुल्य

ओपेन्द्र बस्नेत,तुलसीपुर ४ असोज । नेपाल खाद्य संस्थान अञ्चल कार्यालय तुलसीपुरले दशैका लागि खसीबोका खरिद गर्न सुरु गरेको छ । दशैलाई मध्यनजर गर्दै चार सय खसीबोका खरिद गर्न परिपत्र गरेपछि संस्थानले खसीबोका खरिद गर्न सुरु गरेको हो । मंगलबार २३ लाख १० हजार मुल्य बराबरका दुई सय खसी बोका खरिद गरिएको संस्थानका निमित्त प्रमुख कृष्ण प्रसाद चौधरीले जानकारी दिनुभयो ।

सस्थानले लमही नगरपालिकामा रहेका कर्मठ सामाजिक उद्यमी सहकारी संस्था र दिपन समाजिक उद्यमी सहकारी संस्थाबाट एक सय दश र अन्य किसानहरुबाट ८० वटा खसीबोका खरिद गरेको छ । सहकारीले आफना शेयर सदस्यले उत्पादन गरेका खसी बोकालाई ३ सय ६० मा खरिद गरेर खाद्य संस्थानलाई ३ सय ८५ मा विक्रि गरेको कर्मठ सामाजिक उद्यमी सहकारी संस्थाका ऋण समिति सदस्य बसन्ता बुढामगरले जानकारी दिनुभयो ।

सहकारीले खरिद विव्रmीबाट भएको मुनाफाले किसानका खसीबाख्रालाई पिपिआर, जुकाको औषधि र घाँस उत्पादनमा खर्चिने गरेको बजार प्रमुख महेश अचार्यले जानकारी दिनुभयो ।

खसीबोकाको स्वास्थ्य चेकजाँच
यसैविच पशुसेवा शाखा कार्यालय तुलसीपुरले विव्रmीका लागि खाद्य संस्थानमा ल्याएका खसीबोकाको स्वास्थ्य परिक्षण गरेको छ । कार्यालयले विक्रि गर्नु भन्दा अगावै स्वास्थय परिक्षण गरेर मात्रै तौलका लागि अघि पठाउने गरेको थियो । स्वास्थ्य परिक्षणका क्रममा बिरामी भए नभएको, छेरेको वा ढाडिएको जस्ता लक्षणहरु चेकजाँच गरेको पशुसेवा शाखा कार्यालय तुलसीपुरका पशुविकास अधिकृत सुदाम भट्टले जानकारी दिनुभयो ।

पशुजन्य बस्तु निकासी पैठारी गर्दा स्वास्थ्य चेकजाँच गर्ने प्राब्धान छ । रोगी पशुपंक्षी भित्रीदा वा निकासी हुँदा मानव स्वास्थ्यमा प्रचिकूल असर पुग्न सक्ने भन्दै त्यसबाट बच्न पशु कार्यालयले स्वस्थ भएको प्रमाणीत गरेर मात्र निकासी गर्न पाइने व्यवस्था छ । अघि बर्ष दुइ खरिद गरेको खाद्य संस्थानले यस बर्ष उपभोक्ताको अत्याधिक माग बढेको भन्दै चार सय खसीबोका खरिदका लागि ४६ लाख २० हजार रुपैयाँ प्रधानकार्यालयले पठाएको निमित्त प्रमुख चौधरीले बताउनुभयो ।

संस्थानले १६ किलो भन्दा माथिकोलाई बोकालाई ३ सय ६०, २० किलो देखि २५ किलो सम्मको खसीलाई ३ सय ७० र २५ किलो देखि माथिकोलाई ३ सय ८५ रुपैयाँमा खरिद गरेको छ ।

प्रकाशित मिति : २०७४ असोज ४ गते बुधवार
प्रतिक्रिया