अभिभावकको लापर्वाहीले सडक बालबालीकाको संख्यामा वृद्धि

तुलसीपुर, २ असोज / अभिभावकको लापर्वाहीका कारण सडक बालबालीकाको संख्यामा वृद्धि भएको एक कार्यक्रमका सहभागीले बताएका छन् । युनिसेफ तथा तुलसीपुर उपमहानगरपालिको सहयोग र नबजागरण महिला तथा बालसंरक्षण केन्द्र (न्युसिपिसी)को आयोजनामा तुलसीपुरमा भएको बालश्रम तथा बाल संरक्षण कार्यक्रम विषयक दुई दिने कार्यकाशाला गोष्ठिका सहभागीले यस्तो बताएका हुन् ।
आफना बालबालीकाको हेरचाह, स्यहारसुसार, खानपिन र उठबस लगाएतका विषयमा ध्यान नदिदा बालबालीकाहरु कूलतमा फसेको उनिहरुले टिप्पणी गरे ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष नबराज लामिछानेले बालसंरक्षणको अभियान चुनौति पूर्ण रहेको बताउनुभयो । बालविभाह, र बाल दुव्र्यसनी प्रमुख चुनौतिका रुपमा रहेको भन्दै उहाँले बालबालिकाको संरक्षणका लागि सबै सरोकारवाला एक हुनुपर्ने बताउनुभयो ।

न्युसिपिसिका कार्यबहाक अध्यक्ष गोबिन्द रजौरेको अध्यक्षतामा भएको गोष्ठिमा तुलसीपुर उपमहानगरपालिकाका समाज कल्यान अधिकृत टोप बहादुर डाँगी, सहभागीको तर्फबाट रञ्जन गौतम, निरला अ¥याल गैरे, लगाएतले बोल्नु भएको थियो ।
बालबालीकाको समस्याहरु पहिचान गरि समस्यासमाधनका लागि सरोकारवालाहरुलाई अग्रसर गराउने उद्देश्यले आयोजित गोष्ठिमा प्रशिक्षक पत्रकार दुर्गालाल केसी, बालमैत्री स्थानीय साशन जिल्ला सहजकर्ता नानीमैया वलीले बालबालीकाको सवाल, व्यवस्थापन, राष्ट्रिय अन्तराष्ट्रिय कानुन लगाएतका विषयमा प्रशिक्षण दिनुभएको थियो । विभिन्न संघसंस्थाका २५ जनाको सहभागिता रहेको गोष्ठिको सहजीकरण कार्यक्रम संयोजक भिम खत्रीले गर्नुभएको थियो ।

 

 

प्रकाशित मिति : २०७४ असोज २ गते सोमवार
प्रतिक्रिया