सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न

मिना बुढाथोकी
असोज २,सल्यान / दलित विकास समाज डिडिएस सल्यानको आर्थिक वर्ष ०७३–०७४मा संचालित कार्यक्रमको सामाजिक लेखा परिक्षण कार्यक्रम आज सदरमुकाम खलंगामा सम्पन्न भएको छ ।  कार्यक्रममा दलित विकास समाज डिडिएस सल्यानले विभिन्न परियोजना अन्तरगत आर्थिक वर्ष ०७३–०७४मा आम्दनी तर्फ ५ करोड,७० लाख,१ हजार,६ सय १६रुपैयाँ तथा खर्च तर्फ ५ करोड,५९ लाख,७६ हजार, ८ सय ३९ रुपैयाँ रहेको दलित विकास समाज सल्यानका कार्यकारी निर्देशक दुर्गा पुनले जानकारी दिनु भयो । साथै उहाले संस्थाको परिचय तथा उद्देश्यबारे समेत प्रकाश पार्नु भएको थियो ।
दलित विकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपालीको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमेरेको प्रमुख आतिथ्यता तथा शारदा नगर उप प्रमुख सावित्रा बस्नेतको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाले विभिन्न साझेदार निकाय संग सहकार्य गरि संचालन गरेका कार्यक्रमको आय व्यय, प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्याफका संयोजक उमेश खरेल,सुआहाराका तोरण बुढाथोकी,एकीकृत परियोजनाका शिक्षा संयोजक पुरुषोत्तम गिरि,जिविको पार्जन तथा पोशण संयोजक पुनम पौडेल,बाल संरक्षण संयोजक गुमान ंिस नेपाली,पहल कार्यक्रमका संयोजक धुव्र सुनारले दलित विकास द्दारा संचालित आ– आप्mना परियोजनाको लक्ष्य,उद्देश्य र उपलब्धीका बारेका जानकारी गराउनु भएको थियो ।
सम्मानित समावेशी र अर्थपुर्णसहभागिता,सबैखाले विभेद विरुद्द हामी सबैको प्रतिबद्दता भन्ने मुल नाराका साथ शुरु भएको कार्यक्रमको संचालन पत्रकार प्रतीक शर्माले गर्नु भएको थियो ।

 

प्रकाशित मिति : २०७४ असोज २ गते सोमवार
प्रतिक्रिया