विशेष सुरक्षालागु गरिने एआइजी लामाको भनाई

शरद रेग्मी

असोज २ /तुलसीपुर  ५ नम्बर प्रदेश प्रहरी प्रमुख, प्रहरी अतिरिक्त महानिरिक्षक मिङमार लामाले चाड पर्वमा विशेष सुरक्षा योजना लागु गरिने वताउनु भएको छ । उहाँले चाडपर्वमा हुन सक्ने नकारात्मक क्रियाकलापलाई प्रहरीले कडाईका साथ कदम चाल्ने पनि प्रष्ट पार्नु भयो । रोटरी क्लव अफ तुलसीपुर सिटीले गरेको स्वागत तथा सम्मान कार्यक्रममा गेष्ट स्पीकरका रुपमा सहभागी हुनु भएका एआईजी लामाले यस क्षेत्रको शान्ति सुरक्षा मजवुत पार्न नागरिकहरुको पनि महत्वपूर्ण भुमिका हुने वताउनु भयो । उहाँले  नागरिक र प्रहरी विच सम्वन्ध सुमधुर हुन सके मात्रै समाजमा शान्ति स्थापना गर्न मद्धत पुग्ने वताउनु भयो । एक अर्को प्रसँगमा लामाले पहिला ट्राफिक महाशाखामा रहेर काम गरेको आफ्नो अनुभव सुनाउदै ट्राफिक व्यबस्थापन काठमाण्डौ उपत्यका लगाएत देशै भरिका शहरमा ठुलो चुनौतिको रुपमा देखीएकोले यसको सहज निकाशको लागि नागरिकहरु पनि उत्तिकै सचेत रहनुपर्ने बताउनु भयो । सबै नागरिकमा सार्वजनिक यातायातको साधन प्रयोग गर्ने बानीको बिकास भएमा ट्राफिक जामको समस्या धेरै हदसम्म कम हुने पनि उहाँको दाबी थियो । साथै उहाँले रोटरी जस्तो प्रतिष्ठित संस्थाबाट सम्मानित हुन पाउदा आफुलाई गर्वको अनुभुती भएको बताउदै यसको सेवामुलक कार्य दुरदराजसम्म जनताले अनुभुत गर्ने किसिमले पुग्नुपर्ने धारणा राख्नुभएको थियो । लामालाई क्लबका पूर्व अध्यक्ष विजय केसीले खादा अोढाएर सम्मान एवम् स्वागत गर्नु भएको थियो भने क्लबले स्थापना कालदेखी अहिले सम्म गरेका बिभिन्न सामाजिक गतिबिधीहरुको बारेमा जानकारी पनि गराउनु भएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष बिमल रिजालले प्रमुख अतिथी लामाको परिचय गराउनु भएको थियो ।
रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष तुफान वावु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले प्रमुख अतिथी लामालाई मायाको चिनो प्रदान गर्दै कार्यकाल सफलताको शुभकामना पनि दिनु भएको थियो । क्लबका पूर्व अध्यक्ष ललित बहादुर घर्तीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा पूर्व अध्यक्ष कुशल तर्ताल, निवर्तमान अध्यक्ष विर वहादुर रावत, प्रस्तावित अध्यक्ष देव बहादुर केसी, उपाध्यक्ष सुरेश हमाल, यज्ञ बहादुर केसी लगाएतले मन्तब्य व्यक्त गरेका थिए । महासचिव डम्बर बहादुर डांगीले सहजिकरण गरेको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष धर्मेन्द्र कुमार बैश्यले धन्यवाद ज्ञापन गरेका थिए । यसै बिच सोही कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासँघको निर्यात प्रवर्दन समितिको सदस्यमा मनोनित हुनु भएका क्लबका महासचिब डम्बर बहादुर डांगीलाई पनि बधाई तथा सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०७४ असोज २ गते सोमवार
प्रतिक्रिया