थबाङ गाउँपालिका अध्यक्ष घर्ती अपहरणमुक्त

रोल्पा, असोज १– बिहीबार राति अपहरणमा परेका रोल्पाको थबाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती शनिबार राति अपहरणमुक्त भएका छन् । अध्यक्ष घर्तीलाई नेपाल कम्युनिष्ट पार्टीले शनिवार साँझ ७ बजेतिर रोल्पा नगरपालिका–१० भनभनेबाट पत्रकारहरुको जिम्मा लगाएको थियो ।

नयाँ नम्बरबाट आफूहरुलाई फोन गरेर थबाङ गाउँपालका प्रमुखलाई पत्रकारको रोहवरमा छोड्ने बताएपछि आफूहरु त्यहाँ गएको पत्रकार खेम बुढामगरले बताउनुभयो ।

अध्यक्ष घर्तीलाई आइतबार आफन्तको जिम्मा लगाइने प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७४ असोज १ गते आइतवार
प्रतिक्रिया