मिना बुढाथोकी,सल्यान १ असोज । ६ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजी रण बहादुर चन्दले जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतको सुधारको लागी तत्काल काम अघि बढ्ने बताउनुभएको छ । शनिवार जिल्ला प्रहरी कार्यालय सल्यानको निरिक्षण भ्रमण पश्चात पत्रकार, मानवअधिकारकर्मी र अन्य जिल्लाका सरोकारवालाहरुसँग कुरा गर्दै एआइजी चन्दले जिल्ला प्रहरी कार्यालय सल्यानको प्रहरी हिरासत मानवअधिकार र न्यायको दृष्टिकोणले सुधार गर्नुपर्ने अवस्थामा रहेको बताउनुभयो ।
महिला र पुरुषका लागी छुट्टाछु्टटै चर्पि बनाउन तत्काल काम अघि बढाउने र हिरासतको वैज्ञानिक व्यवस्थापनको लागी एकदुई दिनमै काम थाल्ने बताउनुभयो । यस्ता कुरा ठुलो नभए पनि सम्वन्धित पक्षले चाहेमा तत्काल समाधान गर्न सक्ने उहाँले बताउनुभयो ।
एक अर्को प्रसंगमा उहाँले प्रहरीलाइ उजुरी कुरेर नवस्न आग्रह गर्नुभयो ।
घटना देख्दा देख्दै पनि कतिपय ठाउँमा उजुरी आउला र प्रकृया अघि बढाम्ला भनेर प्रहरीले टुलुटुलु हेरेको गुनासो आउछ, उहाँले भन्नुभयो अव प्रहरी त्यसरी बस्ने हैन उजुरी नपर्दै कारवाहि प्रहरी अघि बढाउनुपर्छ । यसो गर्न सकेमा प्रहरीले जनताको मन जित्न सजिलो हुने र पिडितको न्यायमा प्रभावकारीता आउने उहाँले बताउनुभयो ।
सो अवसरमा डियसपी भरत विकले जघन्य अपराधका घटना मात्रै नभइ जुनसुकै प्रकृतिका घटना पनि मिलाउनमा प्रहरीले भुमिका खेल्न नहुने बताउनुभयो । घटना मिलाउदा पिडकको मनोवल उच्च हुने कारणले घटना दोहोरि रहेको उहाँले बताउनुभयो ।