दाङ, ३१ भदौ
शिबालिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुरको एघारौ साधारणसभा शनिबार तुलसीपुरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बिजय केसीको अध्यक्षतामा कार्यक्रम भएको थियो । उपाध्यक्ष टोपबहादुर डाँगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा संस्थाको वार्षिक आर्थिक प्रतिवेदन सदस्य ललित बहादुर घर्तीले तथा वार्षिक प्रगती विवरण महासचिब उमेशचन्द्र मजगैयाले प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष राजेन्द्र बहादुर बस्नेत, सल्लाहकार बिमल रिजाल, शेयर सदस्य बिष्णु कुमारी केसी, टेकन प्रसाद कडेलले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थाका उत्कृष्ट ऋणी झुपलाल बुदाथोकी र उपासना केसीलाई नगद, प्रमाणपत्र तथा खादा अोढाएर सम्मान गरिएको थियो । साथै संस्थाका सदस्य देव बहादुर केसी तुलसिपुर उद्योग वाणिज्य संघको सह-कोषाध्यक्षमा सर्वसम्मत चयन हुनुभएकोमा र अर्का सदस्य राजेन्द्र प्रसाद श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको व्यापार मेला तथा महोत्सब प्रवर्धन समितिको सदस्यमा मनोनित हुनुभएकोमा बधाई तथा सम्मान गरिएको थियो । सोही अबसरमा संस्थाको चौथो अधिवेशनले पुन बिजय केसीको अध्यक्षतामा ३ वर्षको लागि नयाँ कार्यसमितिको सर्वसम्मत चयन गरेको छ जसमा उपाध्यक्ष अनुप कुमार श्रेष्ठ, महासचिब देव बहादुर केसी, कोषाध्यक्ष तुफानबाबु श्रेष्ठ र सदस्यहरुमा छबीलाल न्यौपाने, शान्ता गौतम, बेनु अधिकारी, उपासना केसी, शरण थापा रहेका छन् साथै लेखा उप-समितिको संयोजकमा खुम बहादुर न्यौपाने सदस्यमा धन बहादुर बुढाथोकी र दिपेश भण्डारी चयन भएका छन् भने ऋण उप-समितिको संयोजकमा श्याम घले सदस्यमा राजेन्द्र प्रसाद श्रेष्ठ र शोभा गौतम चयन भएका छन् ।