मोटरसाईकलको ठक्करबाट एकजनाको मृत्यु

३० भदौ तुलसीपुर
मोटरसाईकलको ठक्करबाट तुलसीपुरमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उप महानगरपालिका ७ मोतिपुर निवासी ६४ बर्षका गोरे गिरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । तुलसीपुरबाट घोराही तर्फजाँदै गरेको रा२प४३९३ नम्बरको मोटरसाईकलले तुलसीपुर घोराही सडकको हात्तिखौवामा शुक्रबार दिउसो ठक्कर दिएको थियो । गम्भिर घाइते गिरीलाई तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर लग्दै गर्दा बाटोमानै मृत्यु भएको प्रहरीले बताएको छ । मोटरसाइकल सहित चालक तुलसीपुर उप महानगरपालिका १९ निवासी बसन्त थापालाई प्रहरीले नियन्त्रमा लिएको छ ।

 

प्रकाशित मिति : २०७४ भाद्र ३० गते शुक्रवार
प्रतिक्रिया