छात्रा बलात्कार गर्न खोज्ने शिक्षक पक्राउ

दोलखा,३० भदौ । दोलखामा एक छात्रालाई बलात्कार गर्न खोज्ने शिक्षक पक्राउ परेका छन् । १९ गते जिल्लाको बिगु–८ स्थित कालिन्चोक आधारभुत विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गर्न खोजेको आरोपमा शिक्षक सुन्दर पाण्डेलाई दोलखा प्रहरीले पक्राउ गरेको हो ।

विद्यालय समय पश्चात किताब दिने बहानामा कोठामा बोलाई बलात्कार गर्न खोजेको उजुरी जिल्ला प्रहरी कार्यालय दोलखामा परेपछि पक्राउ गरिएको दोलखाका प्रहरी निरीक्षक रमेश प्रधानले जानकारी दिनुभयो । पक्राउ परेका शिक्षक पाण्डेमाथि ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०७४ भाद्र ३० गते शुक्रवार
प्रतिक्रिया