एमाले अध्यक्ष ओली दाङ आउदै

तुलसीपुर,२९ भदौ । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलि दाङ आउनुहुने भएको छ । स्थानिय तहको निर्वाचनको चुनावि प्रचार प्रसारकाक्रममा दाङ आउनु भएका ओलि पुन चुनावी प्रचार प्रसार र बृहत पार्टि प्रवेश कार्यक्रमको सिलसिलामा दाङ आउन लागेको एमालेका प्रभावशालि नेता स्थायि कमिटि सदस्य शंकर पोख्रेलले जानकारी दिनु भयो ।

पोख्रेलले आउदो असोज ९ गते दाङको घोराहीमा आयोजना हुन लागेको विशाल आमसभा तथा पार्टि प्रवेश कार्यक्रमलाई सम्वोधन गर्न पार्टि अध्यक्ष ओलिसहीत पाटिका नेताहरु जिल्ला आउन लागेको बताउनु भयो । काग्रेसको किल्लाको रुपमा रहेको भनिएको दाङमा एमालेले स्थानिय तहकोे निर्वाचनमा क्लिन स्विप पारेपछि यहाँको नयाँ राजनितिक तरङ्ग उत्पन्न भएको छ ।

एमालेले आगामि प्रदेश र संघीय चुनावलाई लक्षित गरेर उक्त पार्टि प्रवेश तथा विशाल आमसभा गर्न लागेको हो । सो अवसरमा काग्रेस, माओवादि र राप्रपावाट ठुलो सख्यामा एमालेमा प्रवेश गराउने गरी तयारी भइरहेको एमाले नेता उत्तर कुमार ओलिले बताउनु भयो ।काग्रेसभित्रको असन्तुष्टि निर्वाचनको वेला छताछुल्ल भएपछि यहाँ काग्रेसका नेता, कार्यकर्ताहरु एमालेमा प्रवेश गर्ने तयारी गरीरहेका छन् ।

प्रकाशित मिति : २०७४ भाद्र २९ गते बिहिवार
प्रतिक्रिया