यसरी मनाईयो बाल दिवस

तुलसीपुर,२९ भदौ । बाल मैत्री शासन , बाल अधिकारको सम्मान भन्ने मुल नाराका साथ विहिवार राष्ट्रिय बाल दिबस विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवशको अवसरमा दाङका विभिन्न विद्यालय र सँघसस्थाहरुले विभिन्न कार्यक्रम गरी दिवश मनाएका छन । तुलसीपुर उपमहानगरको कार्यकक्षमा विभिन्न सँघसस्थाको आयोजनामा कार्यक्रम भएको थियो ।

यसैविच बालअधिकारको सम्मान अझै हुन नसकेको एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन । तुलसीपुर ११ उरहरीमा रहेको अमर माध्यमिक विद्यालयलले दिवशको अवसरमा आज गरेको एक कार्यक्रममा उनिहरुले यस्तो बताएका हुन । विद्यालयले कुर्सिदौड,लोकगित र कविता प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा उनिहरुले बालबालिकाको संरक्षण र शिक्षाबाट बञ्चीत हुन नदिन पहल थाल्नुपर्ने बताएका थिए । विद्यालयमा अतिरीक्त क्रियाकलाप गरेर दिवश मनाइएको हो । शिक्षक भुवनेश्वर आचार्यको अध्यक्षता तथा प्रधनाध्यापक पदम प्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा एंव सहायक प्रधानाध्यापक पदम बहादुर वलीको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको थियो । प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय हुने विद्यार्थिहरुलाई पुरस्कृत गरिएको थियो । भने कार्यक्रमको सहजिकरण शिक्षक नारायण भण्डारीले गर्नुभएको थियो ।

यस्तै बाल दिवसका अवसरमा शान्तिनगर गाउँपालिका वडा न. ६ स्थित आधारभुत विद्यालय सुनडवरीमा विभिन्न कार्यक्रम गरी बाल दिवस मनाईएको छ । विद्यालय र वडापालिकाको संयुक्त रुपमा सञ्चालन गरीएको कार्यक्रममा हा्जिरी जवाफ प्रतियोगीता , कुर्सी दौड प्रतियोगीता, बक्त्तृत्व कला ,चित्रकला र लोकगीत प्रतियोगीता सञ्चालन गरीएको थियो । विद्यालयका प्रधानाध्यापक राम बहादुर केसीको सभापतित्व मा भएको कार्यक्रममा प्रमुख अतिथी वडा न. ६ का वडा अध्यक्ष रवि वुढाथोकी रहनु भएको थियो भने कार्यक्रमको सञ्चालन प्रमोद आचार्यले गर्नु भएको थियो ।

त्यस्तैगरी राष्ट्रिय बाल दिवशको अवसर पारि साविक गोल्टाकुरि गाविस हाल दंगिशरण १ र २ वडा स्तरिय बाल सञ्जालको आयोजनामा गोल्टाकुरिको मावि मधपुरमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । साविक गोल्टाकुरि गाविस, नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराहिको सियमपिआर कार्यक्रमको सहयोगमा भएको कार्यक्रममा वादविवाद, हजिर जवाफ, चित्रकला प्रतियोगिता भएका थिए ।

कार्क्रममा वोल्ने वक्ताले बाल दिवशलाई दिवशका रुपमा मात्रै नभएर सवैले सधैभरि व्यवहारमा बाल अधिकार स्थापित गर्नुपर्ने वताएका थिए । साथै उनिहरुले आफ्नो ठाउमा यस्ता कार्यक्रम गर्दा संस्थाले समन्वय गर्नुपर्ने सुझाव दिएका थिए । बाल सञ्जालका अध्यक्ष गोमा बुढाथोकिको अध्यक्षता तथा वाड नम्बर एकका अध्यक्ष श्रिप्रशाद चौधरिको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो । कार्यक्रमको सहजिकरण सामाजिक परिचालक देविराम कुसारिले गर्नु भएको थियो ।

त्यसैगरी दिवस को अबसरमा भगबती मा बि होडबाङ दाङमा अध्ययनत बिध्यार्थीहरुको आयोजनामा कुर्सि दौड,चम्चा दौड हिसाब दौड एबं सदनात्मक भलीबल प्रतीयोगीताहरु सम्मन्न भएको छ । बिध्यालयमा अध्यनरत बिध्यार्थी लेख बहादुर बस्नेत को सभापतीत्व तथा बिद्यालय ब्यबस्थापन समीतीका सदस्य टेकमान पुन को प्रमुख आतिथ्य एबं बिद्यालय का प्रधानाध्यापक देबी बहादुर धर्ती मगर को बिशिश्ट थातीथ्यतामा कार्यक्रम सम्पन्न भयको थियो ।

यस्तै तुलसीपुर ४ लामीदमारमा रहेको जनज्योति प्राथमिक विद्यालयले विभिन्न प्रतियोगिता गरी दिवश मनाएको छ । विद्यालयले आयोजना गरेको कक्षा ३ देखी ५ सम्म विद्यार्थी अन्र्तगत हिसाव दौड प्रतियोगितामा नारायण डाँगी प्रथम,समिक्षा सुनार द्धितृय र सुवास विक तितृय भएका छन् । त्यस्तैगरी कक्षा १ र २ अन्र्तगत हिसाव दौडमा गोविन्द वली प्रथम,विनु खड्का द्धितृय र सरस्वति भण्डारी तितृय भएको विद्यालयका शिक्षिका रेखा जिसीले जानकारी दिनु भएको छ ।।

प्रकाशित मिति : २०७४ भाद्र २९ गते बिहिवार
प्रतिक्रिया