उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश श्रेष्ठ स्थायी नियुक्तिमा सिफारीस

 

 

काठमाडौं,२९ भदौ । न्यायपरिषदले सर्वोच्च अदालतको स्थायी न्यायाधीश नियुक्तिका लागि तीनजनाको नाम सिफारिस गरेको छ । उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठ, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश डम्बरबहादुर शाही र उच्च अदालत पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तान न्यायाधीश सिफारिसमा परेका छन् ।

न्यायाधीशमा कानून व्यवसायीलाई समेट्ने परम्परालाई तोड्दै यसपल्ट क्याडरबाट मात्रै सिफारिस गरिएको छ । सिफारिसमा कानुन व्यवसायीलाई पाखा लगाइएको भन्दै नेपाल बार एसोसिएसनले आपत्ति जनाएको बताईएको छ ।
अन्नपुर्णपोष्टबाट

प्रकाशित मिति : २०७४ भाद्र २९ गते बिहिवार
प्रतिक्रिया