पश्चिम दाङमा राहदानी बनाउनेको संख्या घट्यो

यमकला भुषाल,तुलसीपुर २९ भदौ । पश्चिम दाङमा बिगतका बर्षहरु भन्दा यस बर्ष राहदानी बनाउनेको संख्या घटेको छ । इलाका प्रसासन कार्यालय तुलसीपुरबाट राहदानी बनाउनेको संख्या घटेको हो । इलाका प्रशासन कार्यालय तुलसीपुरका सुचना अधिकारी यादवप्रसाद भुसालका अनुसार विगतका बर्षहरुमा भन्दा यस बर्ष राहदानी बनाउनेको संख्यामा कमी आएको छ ।

गत साउन १ देखी अहिले तुलसीपुरबाट राहदानी बनाउनेको संख्या ७ सय १३ मात्रै छ । भुषालका अनुसार गत बर्षको तुलनामा यो संख्या निकै कम हो । बैदेशीक रोजगारको घट्दो आकर्षणका कारण राहदानी बनाउनेको संख्या पनि घटेको हो ।

 

प्रकाशित मिति : २०७४ भाद्र २९ गते बिहिवार
प्रतिक्रिया