सल्यान २८भदौ
व्यवस्थापीका सांसद अर्थ समिति सभापति प्रकाश ज्वाला र तुलसीपुर उप महानगरपालिका प्रमुख घनश्याम पाण्डले सल्यानको एक विद्यालयलाई १० थान कम्प्युटर प्रदान गर्नु भएको छ ।
सभापति ज्वाला र नगर प्रमुख पाण्डे सल्यानको कपुरकोट गाउँपालिका ५ स्थित जीवनज्योति माध्यामिक विद्यालय रिममा पुगेर प्रदान गर्नु भएको हो ।
करिब ३ लाख बराबरको पाँच÷पाँच थान कम्प्युटर जीवनज्योति माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपेन्द्र केसीलाई हस्तान्तरण गरिएको हो ।
हस्तारण कार्यक्रममा कपुरकोट गाउँपालिका अध्यक्ष भिमबहादुर सेन, उपाध्यक्ष तिला बुढा, श्रोत व्यक्ति हुमराज लामिछाने, विनि विनोख अधिकारी, विकास स्टेशनरीका डिल्ली केसी, नोमेश बहादुर वली, प्रकाश भण्डारी, अरुण खत्री लगाएते बोलेका थिए ।
सो अवसरमा विद्यालयले साभापति ज्वाला, मेयर पाण्डे, प्रधानाध्यापक भुपाल शाहु लगाएतलाई विद्यालयको विकास र विस्तारमा महत्वपुर्ण योगादन पु¥याएको भन्दै अभिनन्दन समेत गरेको थियो ।