ओपेन्द्र बस्नेत
तुलसीपुर, २७ भदौ । गलत सूचना प्रवाह गरेको भन्दै प्रहरी संघीय इकाई कार्यालय तुलसीपुरले प्रहरी उपरिक्षक सहित ३ जनालाई विभागीय कार्वाहीका लागि सिफारिस गरेको छ । प्रहरी हिरासतमा मृत्यु भएका भुपबहादुर सुनार (गंङटे)लाई बेबारिसे अवस्थामा शब भेटिएको भन्दै जिल्ला प्रहरी कार्यालय दाङले आफनो आधिकारीक वेवसाइट फेसवुक मार्फत सार्वजनिक गरेपछि कार्वाहीका लागि सिफारिस गरेको हो ।
पत्रकार सम्मेलनको आयोजना गरि प्रहरी बरिष्ट उपरिक्षक दिलीपकुमार चौंधरीले दाङका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक दुर्गा सिंह चन्द, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक सुरज खड्का, र हिरासत इन्चार्ज प्रहरी हवलदार चन्द्रबहादुर पुनलाई कार्वाहीका लागि सिफारिस गरिएको जनाकारी दिए ।
प्रहरी संघीय इकाई कार्यालय तुलसीपुरले छानविन प्रतिवेदनमा सुनारको प्रहरी कुटपिटबाट मृत्यु नभएपनि सत्यतथ्य नबुझी गलत सूचना सार्वजनिक गरेको निस्कर्ष निकालेको छ ।
‘सुनारको मानसीक सुन्तलन गुमेको रहेछ, मापसे समेत गरेका उनले कराउने टाउको ठोक्काउने गरेकाले विहान छ बजे भूईमा लडे, प्रहरी बरिष्ट उपरिक्षक चौधरीले भने’ प्रहरीले तत्काल उपचारका लागि लमही हुँदै घोराही पु¥यो तर अस्पतालले मृत घोषणा ग¥यो ।’
सुनार गत भदौ १३ गते चोरी आरोपमा घोराही उपमहानगरपालिका १४ बाट पक्राउ परेका थिए । प्रहरीको कुटपिटबाट मृत्यु भए सुनारको घटना प्रहरीले लुकाउन खोजेको भन्दै संचारमाध्यममा खबर बाहिर आएपछि
प्रहरी संघिय इकाई कार्यालयले प्रहरी बरिष्ट उपरिक्षक चौंधरीको संयोजकत्वमा छानविन टोली गठन गरिएको थियो । छानविन प्रतिवेदनमा हिरासतमा रहेका थुनुवा, लमही र घोराही उपक्षेत्रिय अस्पतालमा पुगेर गरेको अध्यन र अनुसन्धानबाट सुनारको प्रहरी कुटाई बाट मृत्यु नभएको निस्कर्ष निकालेको छ । प्रतिवदेनमा पोष्टमार्टम रिर्पोटमा मृतक सुनारको फोक्सोको दाँया तर्फ घाउ भएको र पिप जमेको उल्लेख छ ।
१४ गते मृत्यु भएका सुनारको १६ गते सम्म बास्तविक ठेगाना र नामथर पत्ता नलागेपछि घोराही उपमहानगरपालिका वडा नम्बर १५ लाइ सतगतक लागि जिम्मा लगाएको चौधरीले बताए ।
यता प्रहरी संघीय इकाई कार्यालय तुलसीपुरका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मिङमार लामाले मार्न पाइन्न तर मर्नेलाई रोक्न नसक्ने बताए । घटनाको बारेमा जानकारी पत्रपत्रीकाबाट मात्रै थाहा भएको भन्दै उनले गलत सूचना दिएकाले जिल्लाको प्रमुख र वडा प्रहरी कर्यालयको प्रमुख र कस्टडी इन्र्चाजलाई कार्बाही गर्ने बताए ।