
तुलसीपुर,२६ भदौ । नेकपा एमालेका सांसद अनारकली मियाँको निवासमा आज दिउँसै चोरी भएको छ । काठमाण्डौको थापाथलीस्थित पुडीयागाउँमा रहेको सांसद मियाँको घरमा आज दिउँसो करिब डेढ बजेतिर चोरी भएको हो । आफ्नो निवासबाट चोरले सुनका गरहगना चोरेर लगेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार चोरले १४ आनाको सुनको सिक्री,आठ आनाको औंठी,एउटा ल्याप्टप,एउटा आइप्याड र एउटा क्यामेरा लगेको सांसद मियाँले जानकारी दिनुभयो । सांसद मियाँ गृह जिल्ला आएको बेला काठमाण्डौंस्थित उहाँको निवासमा चोरी भएको हो ।
प्रकाशित मिति : २०७४ भाद्र २६ गते सोमवार