खाजा खर्च कटाएर बाढी पिडित लाई सहयोग

तुलसीपुर,२६ भदौ । तुलसीपुरमा रहेको आइडियल वोर्डिङ स्कुलका वालवालिकाले खाजा खर्च कटाएर मेयर विपद व्यवस्थापन कोषमा सहयोग गरेका छन् । दुखमा परेकालाई सहयोग गर्नु मानविय दायित्व भएको वताउदै उनीहरुले २० हजार २ सय को चेक उपमेयर माया आचार्यलाई हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम ग्रहण गर्दै उपमेयर आचार्यले विद्यार्थीहरुमा सामाजिक भावनाको विकास भएकोमा खुसी व्यक्त गर्नुभएको थियो । सो अवसरमा कार्यपालिका सदस्य देवराज विक, पत्रकार वसन्त विवश आचार्य, विद्यार्थीहरु समृद्ध शाह, चमन वुढाथोकी र कुशल पौडेलको सहभागिता रहेको थियो । हाल सम्म कोषमा ३२ लाख, ९४ हजार ६ सय ७५ जम्मा भइसकेको छ ।

वाढीपीडितको पुर्नस्थापनाका लागि रकम खर्च गरिने कोषका संयोजक एवम् मेयर घनश्याम पाण्डेले वताउनु भएको छ ।

प्रकाशित मिति : २०७४ भाद्र २६ गते सोमवार
प्रतिक्रिया