खानेपानीका मुहानहरु सुक्दै गएको प्रति चिन्ता

तुलसीपुर,२५ भदौ । खानेपानी मुहान वरपर चुनढुङ्गाको उत्खनन् र नदी जन्य वस्तुहरु उठाउदा खानेपानीका मुहानहरु सुकदै गएको प्रति तुलसीपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले चिन्ता व्यक्तगरेका छन । अमृतपुर खानेपानी उपभोक्त तथा सरसफाई संस्थाको ११ औं वार्षिक साधारण सभा एवं आठौ अधिवेशन कार्यक्रममा बोल्ने सहभागीहरुले त्यस्तो चिन्ता गरेका हुन् ।

संस्थाका अध्यक्ष चन्द्रकान्त खरेलको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनस्याम पाण्डेको प्रमुख आतिथ्यता जिल्ला खानेपानी तथा सरसफाई डिभीजन कार्यालयका इन्जिनियर तिलक न्यौपानेको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्दै उपमहानगरपालिका प्रमुख पाण्डेले हरेक नागरिकलाई स्वच्छ पिउने पानीको व्यवस्था गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले दाङका संगठन विभाग प्रमुख कृष्णप्रसाद भुसाल,नेपाली कांग्रेस तुलसीपुरका कार्यवहाक नगर सभापति भिमप्रसाद भण्डारी, नेकपा माओवादी केन्द्रका नगर कोषाध्यक्ष सिता वली, नेकपा कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य रुद्रबहादुर वली, राष्ट्रिय जनमोर्चाका शसी वुढाथोकी, नयाँ शक्ति नेपालका संयोजक नेत्रलाल भट्टराई (नारायण) वडा नं ३ का वडा अध्यक्ष विरबहादुर विक ( विजय ), वडा नं ९ का वडा अध्यक्ष घनस्याम ढकाल, खानेपानी उपभोक्ता महसंघका जिल्ला अध्यक्ष ध्रुव ठकुरी, खानेपानीका सल्लाहकार प्रदिपबहादुर वली, अश्वारा खानेपानीका कोषाध्यक्ष टोपबहादुर रोका, चित्र डाँगी, इन्द्रजित चौधरी, पत्रकार महासंघ दाङका सदस्य भरत शर्मालगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा उपभोक्ताहरु उमापती खत्री, डिल्लीप्रसाद भण्डारी, गंगाराम बस्नेत, विष्णुप्रसाद धिताललाई सम्मान गरीएको थियो भने कर्मचारी विरु चौधरीलाई पुरस्कृत गरीएको थियो । संस्थाका उपाध्यक्ष धर्मराज वलीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा कोषाध्यक्ष भीमकान्त बस्यालले आर्थिक प्रतिवेदन र सचिव मेघराज पाण्डेले प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सचिव पाण्डेले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७४ भाद्र २५ गते आइतवार
प्रतिक्रिया