प्रदेशको राजधानी दाङ नै उपयुक्त : पोख्रेल

तुलसीपुर,२५ भदौ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले पाँच नम्बर प्रदेशको राजधानीका लागि दाङको विकल्प नभएको बताउनुभएको छ । प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले बुटवल र नेपालगञ्ज भन्दा दाङ सुरक्षित भएकाले प्रदेशको राजधानी दाङ नै उपयुक्त भएको बताउनुभयो ।

उहाँले बुटवललाई पर्यटकिय र नेपालगञ्जलाई औद्योगिक क्षेत्रका रुपमा विकास गरेर दाङलाई राजधानी बनाउन एमाले तयार रहेको बताउनुभयो । नेपाल प्रहरीले संघीय इकाई कार्यालय दाङमै राखेकाले पनि दाङ राजधानी बन्ने संम्भावना बढेको उहाँको भनाई छ ।

प्रकाशित मिति : २०७४ भाद्र २५ गते आइतवार
प्रतिक्रिया