बाढी पिडितका लागी ज्ञानज्योतिले दियो १ लाख रुपैया

तुलसीपुर, भदौ २५ । तुलसीपुरका रहेको पब्लिक ज्ञानज्योति मा.वि.ले वाढीपीडितका लागि मेयर विपद व्यस्थापन कोषमा १ लाख वढि रकम सहयोग गरेको छ । विद्यालयको सञ्चालक संस्था ज्ञानज्योति एजुकेशन फाउन्डेसनका अध्यक्ष टिकावहादुर जिसी र प्राचार्य सुरेन्द्र जिसीले उपमहानगरपालिका प्रमुख एवम् कोषका संयोजक घनश्याम पाण्डेलाई १ लाख १ हजार १ सय ११ को चेक हस्तान्तरण गर्नुभएको हो ।

चेक हस्तान्तरणका क्रममा फाउन्डेसनका अध्यक्ष टिकावहादुर जिसीले सामाजिक काममा सहयोग गर्न पाउँदा खुसी लागेको वताउँदै पीडामा परेकालाई सहयोग गर्नु विद्यालयको दायित्व भित्र पर्ने भएकाले आफुले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने वताउनु भएको थियो । विद्यालयका प्राचार्य सुरेन्द्र जिसीले सहयोग रकम वालवालिकाको क्षेत्रमा प्रयोग गर्न समेत आग्रह गर्नुभएको थियो । सहयोग रकम लिदै मेयर घनश्याम पाण्डेले राहतको काम अन्तिम चरणमा पुगेको र अब पुनस्र्थापनका लागि आफु केन्द्रीत हुने वताउनु भएको थियो ।

कार्यक्रममा सभासद अनारकली मिया, पब्लिक ज्ञानज्योतिका शैक्षिक संयोजक शरद गौतम, आमसञ्चार तथा पत्रकारिता विभाग प्रमुख वसन्त विवश आचार्य, शिक्षक रवि चापागाई लगायतको सहभागिता रहेको थियो । विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालयको सहयोगमा सो रकम संकलन गरिएको थियो ।

प्रकाशित मिति : २०७४ भाद्र २५ गते आइतवार
प्रतिक्रिया