पश्चिम रुकुममा अर्को यातायात प्रालि थपियो

रुकुम,२५ भदौ । पश्चिम रुकुममा नयाँ यातायात समितिले शनिवार देखि गाडी सञ्चालनमा ल्याएको छ । सदरमुकाम मुसिकोटमा प्रधान कार्यालय रहने गरी मध्यपहाडी लोक मार्ग यातायात प्रालि आजदेखि सञ्चालनमा आएको हो । रुकुममा हाल ४ वटा यातायात समिति संचालनमा छन् । अव पश्चिम रुकुममा मात्र यातायात समितिको संख्या ५ पुगेको छ ।

प्रालिले गाडीको टिकटका लागि कार्यालयसम्म धाउनु पर्ने समस्याबाट समेत यात्रुहरुलाई मुक्ति दिएको छ । मोबाइलबाटै गाडी टिकट बुकिङ गर्ने व्यवस्था मिलाएर समितिले झन्झट हटाएको हो । रुकुमको पश्चिम क्षेत्रमा सिस्ने हिमाल बस तथा मिनिबस यातायात व्यवसायी समिति, रुकुम यातायात प्रालि, प्रफी यातायात र सानोभेरी यातायात सेवा समितिले यसअघि नै गाडी सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७४ भाद्र २५ गते आइतवार
प्रतिक्रिया