ओपेन्द्र बस्नेत , तुलसीपुर २४ भदौ । नेकपा एमालेका नेता शंकर पोख्रेलले नेपाली कांग्रेसले पटक पटक जितेका कारण पश्चिम दाङ विकासको दृष्टिकोणले पछि परेको बताउनु भएको छ । नेकपा एमाले शान्तिनगर गाउँपालिकाले बाघमारेमा आयोजना गरेको पार्टी प्रवेश र्काक्रमलाई सम्बोधन गर्दै नेता पोख्रेलले विकास र समृद्धि गर्न चाहने पार्टी एमाले मात्रै भएकाले आगामी संघ र प्रदेश निर्वाचनमा एमालेलाई जिताउन आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसको यथास्थितीवादी सोचका कारण मूलुक पछि परेको बताउदै पूर्व सूचना तथा सञ्चार मन्त्री समेत रहनुभएका पोख्रेलले परिवर्तन पछिको विकासको नेतृत्व अब एमालेले गर्ने बताउनुभयो । कांग्रेसको भरत परस्त नीतिका कारण मूलुक स्वाधिन हुन नसकेको उहाँले बताउनुभयो ।
‘केपि शर्मा वलीको राष्ट्रवादी अडानलाई खोक्रो भन्ने कांगेसका सभापति शेरबहादुर देउवा भारतमा गएर झुकेका छन् उनको यो कुन राष्ट्रवाद हो, यसले राष्ट्रलाई कम्जोर बनाउनछ कि बलियो ? पोख्रेलले प्रश्न गर्नुभयो ।’ स्थानीय तहको निर्वाचनमा अधिकांस स्थानमा जनताले एमालेलाई विजयी गराएर पठाएकाले अब मूलुकको सबैभन्दा ठूलो पार्टी एमाले बन्ने दाबी गर्नुभयो ।
एमाले शानितनगर गाउँपालिका संयोजक शेरबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमा सांसद अनारकली मिया, तुलसपुर उपमहानगर पालिका प्रमुख घनश्याम पाण्डे, नेकपा एमाले नेता शोभाराम बस्नेत, एमाले दाङ जिल्ला कमिटीका अध्यक्ष टिकाराम खड्का, दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरी, बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेल, एमाले जिल्ला सचिवालय सदस्य उत्तरकुमार वली, जिल्ला सदस्य चुर्णबहादुर वली, युवा नेता विष्णु केसी लगाएतले बोल्नुभएको थियो ।
पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दुुई दर्जन बढी एमालेमा प्रवेश गरेको एमालेले दावी गरेको छ ।