सल्यानमा अबैध घरेलु मदिरा नष्ट

तुलसीपुर, २४ भदौ
जिल्ला प्रहरी कार्यालय सल्यानले अबैध घरेलु मदिरा बरामद गरेर नष्ट गरेको छ । अवैध मदिरा उत्पादन तथा विव्रmीवितरण अभियान नियन्त्रण कार्यक्रम अन्र्गत श्रीनगर र साउटोलाबाट बरामद गरिएको मदिरा तथा जाँड नष्ट गरिएको हो ।
प्रहरीले एक सय लिटर रक्सी, चार ड्रम जाँड र जाँड बनाउन प्रयोग गरिने औषधी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरिक्षक भरत बहादुर विकले जानकारी दिनुयभो ।  केहि दिन अघि बरामद गरिएको मदिरा र जाँड शनिबार पत्रकार सम्मेलनको आयोजना गरि नष्ट गरिए पनि उत्पादन गर्ने व्यक्तिहरु भने फेला नपरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७४ भाद्र २४ गते शनिवार
प्रतिक्रिया