भ्रष्टाचार बिरुद्ध सल्यानमा हस्ताक्षर संकलन

मिना बुढाथोकी, सल्यान २३ भदौ । भ्रष्ठाचार विरुद्दको नागरिक अभियान अन्तरगत आज सल्यानमा र्याली सहित हस्ताक्षर संकलन गरिएको छ । “भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न र सहन्न” भन्ने मुलनाराका साथ जिल्लाका स्थानीय निकायका प्रतिनिधि,सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, गैर सरकारी संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, राजनैतिक दल , लगायतको हस्ताक्षर संकलन गरिएको छ ।

¥याली पछि आयोजना गरिएको कोण सभामा बोल्दै शारदा नगर पालिका उप प्रमुख सावित्रा बस्नेतले भ्रष्टाचार भनेको सरकारी कार्यालय अथवा संघ संस्था अथवा राजइका अन्य निकायमा मात्रै नभई सामान्य चिया पसलमा समेत हुने गरेको बताउनु भयो । उहाले भन्नु भयो भ्रष्टाचार भनेको हरेक स्थानमा भई रहेको देखिन्छ , त्यसैले सबै चनाखो हुन जरुरी छ ।

भ्रष्टाचारका विरुद्द स्वयं आफु सच्चिनु पर्ने भन्दै उहाले व्यक्ती स्वयं सचेत भएमात्र अरुलाई पनि सचेत पार्न सक्ने बताउनु भयो ।यस्तै कार्यक्रममा बोल्दै नगर उप प्रमुख बस्नेतले शारदा नगरपालिका लाई भ्रष्टाचार मुक्त बनाउन आप्mनो पहिलो उद्देश्य रहेकाले आफु प्रतिबद्द भएर भ्रष्टाचारका विरुद्द लाग्नेमा जोड दिनु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी दिल कुमार तामांगले भ्रष्टाचार विरुद्दको अभियानमा आप्mनो पुर्ण प्रतिबद्दता रहेको बताउनु भयो । उहाले भ्रष्टाचार शब्दले व्यक्तिको आचरण,व्यवहार,कर्मचारी वा अन्य कसैले निर्वाह गर्ने भुमिका ,सार्वजनिक जवाबदेहिता संग प्रत्यक्ष जोडिएको हुदा सबैले विशेष ख्याल पुर्याउनु पर्नेमा जोड दिनु भयो । उहाले भ्रष्टाचार न्युनिकरणमा जिल्लामा कृयाशिल सम्पुर्ण व्यक्तित्वले पारदर्शी र उत्तरदायी भएर लाग्नु पर्ने बताउनु भयो ।

यस्तै कोण सभामा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख केश बहादुर विष्टले जिल्लामा कृयाशील क्षेत्रमा कार्यरत जिम्मेवार व्यक्तीहरुले जवाफदेहिता, जिम्मेवारी कर्तब्यलाई, ईमान्दारीता दायित्व पुरा गर्दै सबै अगाडी बढेमा पनि भ्रष्टाचार केही हदसम्म अन्त्य गर्न सकिने बताउनु भयो । भ्रष्टाचारमुक्त अभियानको लागी जिल्ला समन्वयन समिति सदैब प्रतिबद्ध रहेको समेत उहाले बताउनुभयो ।

इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले संचालन गरेको कायृक्रममा नागरिक समाज सल्यानका सचिव रामचन्द्र रेग्मीले भ्रष्ठाचार विरुद्दको नागरिक अपिलपत्र प्रस्तुत गर्नु भएको थियो । कोणसभापछि कार्यक्रममा सहभागीहरुले म खादिन र अरुलाई पनि खान दिन्न , म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न र सहन्न शुसासनको लागी हाम्रो प्रतिबद्धता सहितको प्रतिबद्दतापत्रमा हस्ताक्षर गर्नु भएको छ । हस्ताक्ष्रित प्रतिबद्दता पत्र स्थानयि निकायलाई हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति : २०७४ भाद्र २३ गते शुक्रवार
प्रतिक्रिया