दुईसय बढी गरिब बालबालीकालाई स्कुल पोशाक वितरण

तुलसीपुर, २३ भदौ दाङ

ज्ञानज्योती प्राथामिक विद्यालय तुलसीपुर ५ मा अध्यनरत दुईसय बढी बालबालीकालाई स्कुल पोशाक वितरण गरिएको छ । विद्यालयमा अध्यनरत २ सय २० जना बालबालीकाका लागि तुलसीपुर उप महानगरपालिका ५ का वडा अध्यक्ष बिरेन्द्र शाहले स्कुल पोशाक उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरेले बताउनुभयो । विद्यालयमा गरिब तथा विपन्न वर्गका बालबालीका पढ्दै आएका छन् । विद्यालयमा अध्यनरत बालबालीको अवस्था देखेर मानविय नाताले सहयोग गरेको दाता बिरेन्द्र शाहले बताउनुभयो । ‘सस्तो भएर दिएको हैन,– अध्यक्ष शाहले भन्नुभयो, गरिबका छोराछोरीले पढ्ने भनेर चिनिएको स्कुलमा आएर हेर्दा साँचिक्कै अवस्था दयिनिय रहेछ, मनले मानेन सहयोग गरे ।’ स्कुल पशोक नभएकै कारण विद्यार्थीले अब पढाई छोड्नु पर्ने अवस्था केहि समयका लागि टरेको उहाँले बताउनुभयो ।
विद्यालयमा अध्यनरत छात्र–छात्रालाई विभिन्न व्यक्ति तथा संघसंसथाहरुले स्कुल पोशाक, कापीकलम उपलब्ध गराउदै आएका छन् ।
यसैविच विद्यालयले आयोजना गरेको पोशक वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति तुलसीपुर उप महानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले जीवन उपयोगी शिक्षको आवश्यक रहेको बताउनु भएको छ । शिक्षाले नै मानिसको जिवनमा परिवर्तन ल्याउने भन्दै उहाँले पढेर कहिल्यै नसकिने बताउनुभयो ।


आज नपढेको भए म यो अवस्थामा आउने थिएन, – नगर प्रमुख पाण्डेले भन्नुभयो,–‘ शिक्षकले राम्रो संग पढाउनु पर्ने र विद्यार्थीले पनि राम्रोसंग शिक्षा आर्जन गरेमा भविष्य उज्यालो हुन्छ ।’
शिक्षा क्षेत्रमा राम्रो काम गर्नेलाई प्रोत्साहित र गलत काम गर्नेलाई दण्डित गर्ने बताउदै नगर प्रमुख पाण्डेले तुलसीपुरलाई नेपालकै नुमना शैक्षिक केन्द्र बनाउने संकल्प लिएको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका नगर उप प्रमुख माया आचार्य, स्रोत व्यक्ति विश्वराज आचार्य, तुलसीपुर उप महानगरपालिका ६ का वडा अध्यक्ष नवराज लामीछाने, शिक्षक नारायण भण्डारी, विद्यालयका संस्थापक अध्यक्ष प्रेम योगी, संगित नगर टोलविकास संस्थाका सचिव छवि परियार, जेसिसका अध्यक्ष बिमल पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य घनश्याम आचार्य लगाएतले बोल्नु भएको थियो ।

 

 

 

 

प्रकाशित मिति : २०७४ भाद्र २३ गते शुक्रवार
प्रतिक्रिया