रोटरी क्लव द्धारा महेन्द्र माविलाई कसि बोर्ड हस्तान्तरण

तुलसीपुर, २२ भदौ ।
रोटरी क्लब अफ तुलसीपुर सिटीले जीवनपयोगी नारा समेटिएको ‘चार-सुत्रिय कसि’ बोर्ड हस्तान्तरण कार्यक्रम गरेको छ । रोटरी इमेज अन्तर्गत क्लबले तुलसीपुरमा रहेको महेन्द्र माध्यमिक विद्यालयलाई उक्त वोर्ड हस्तान्तरण गरेको हो । रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष तुफानबाबु श्रेष्ठ र पूर्व अध्यक्ष अनुप कुमार श्रेष्ठले विद्यालयका प्राचार्य जीत बहादुर थापालाई वोर्ड हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्राचार्य थापाले रोटरीले समाजको बिकासका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै यसको गतिविधीको बारेमा अाफु पहिल्यै देखी जानकार रहेको बताए । कार्यक्रमका विशिष्ट अतिथि रोटरी डिष्ट्रिक ३२९२ का असिष्टेन्ट गभर्नर कुशल तर्तालले  रोटरीले विश्वमै शिक्षा, स्वास्थ्य, बातावरण लगाएत हरेक समाज सेवाको क्षेत्रमा अग्रणी भूमिका खेलेको बताए । पूर्व अध्यक्ष धर्मेन्द्र वैश्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पूर्व अध्यक्ष विजय केसीले रोटरी र रोटरी क्लब अफ तुलसीपुर सिटिले गरेका बिभिन्न गतिबिधीहरुको बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा क्लबका अध्यक्ष तुफानबाबु श्रेष्ठले सफलता प्राप्तीका लागि कुनै कुरा सोच्दा, भन्दा वा गर्दा चार-सुत्रिय कसिलाई जाचेर गरियो भने त्यो फलदायी सिद्ध हुने बताए । रोटरियन रसिल थापा र राजिव वली सहभागि रहेको उक्त कार्यक्रमको सन्चालन क्लबका सदस्य सन्दिपन रिजालले गरेका थिए ।

प्रकाशित मिति : २०७४ भाद्र २२ गते बिहिवार
प्रतिक्रिया