कांग्रेस नेता बुढाले पत्रकार पाण्डेलाई कुटे

हापुरे, २२ भदौ । बबई गाउपालीकाको हापुरेमा पत्रकारमाथी हातपात भएको छ । नेपाली कांग्रेसका बबई संयोजक बलबहादुर बुढाले रेडियो हापुरेका स्टेसन म्यानेजर बालकृष्ण पाण्डे माथि हात पात तथा कुटपिट गरेका छन् । ववई गाउपालीकाको निति तथा कार्यक्रमको विरोधमा कांग्रेस सहित ५ दलले आज गाउपालीका बन्दको आव्हान गरेका छन ।

पत्रकार पाण्डेले बन्द कर्ता संग फोन मार्फत प्रेस,एम्बुलेन्स लगाएतका अति आबस्यक सवारी साधन चल्न दिने नदिने बिषयमा कुरा गर्दा चल्न दिने भनेपछि मोटरसाईकलमा रिपोर्टिङमा हिडेको र बन्द कर्ताले सुनियोजित ढंगले हमला गरेको बबताउनु भएको छ । बन्द बिहान ७ बजे देखी सुरु हुने भनिए पनी बन्द सुरु नहुदै बिहान ६ बजेर ५५ मिनेटमा पत्रकार पाण्डेमाथी कुटपिट तथा प्रेस लेखिएको मोटर साईकल मा तोडफोड गरीएको हो । त्यस्तै हापुरे बजारमा रहेको अनुपम स्टेस्नरी मा पनि ढुङ्गा मुडा गरेका छन् ।

स्टेस्नरीमा पनि बन्द सुरु नहुदै बिहान ६ बजेर ५० मिनेट जादा आधा सटर लगाएको पसलमा ढुङ्गा हान्दा पसलको काउन्टरमा क्षती पुगेको छ । बन्दले उग्र रुप लिएको प्रसासनले यस्तो उग्र कार्यलाई नियन्त्रण गर्न स्थानिय ब्यापारीले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७४ भाद्र २२ गते बिहिवार
प्रतिक्रिया