सल्यानमा कांग्रेसबाट चुनाव लडेका एमालेमा प्रबेश

मिना बुढाथोकी,सल्यान २१ भदौ । नेकपा एमाले बन्गाड कुपिण्डे नगरपालीकाको नगर स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण सम्मपन्न भएको छ । नगर वैठक पछि दोस्रो दिन आज नेकपा एमालेले नगर स्तरीय कार्यकर्ता प्रशिक्षणात्मक भेलाको आयोजना गरेको थियो । भेलालाई प्रमुख अतिथी केन्द्रीय उपाध्यक्ष तथा ६ नं प्रदेश इन्जार्ज युवराज ज्ञवाली,सह ईन्चार्ज एमलाल कँडेल,अर्थ समितिका सभापति, क्षेत्र नं. २ का सांसद पार्टिका केन्द्र सदस्य प्रकास ज्वाला,वैकल्पीक केन्द्रीय सदस्य गुलाव जंग शाह, जिल्ला कमीटि अध्यक्ष गोविन्द पुन र जिल्ला कमिटि सचिव रमेश कुमार गौतमले भेलालाई सम्वोध गर्नु भएको छ ।

पार्टिको अगुवा कार्यकर्ता प्रशिक्षणमा प्रदेश ईन्चार्ज युवराज ज्ञवालीले कार्यकर्तालाई सिंगो देश एमालेमय वनिरहेको अवस्थामा भ्रमित र विचलीत नहुन आग्रह गर्नु भएको छ । देशको शिर उच्चो वनाउने जिम्मा र राष्ट्रको लागि काँध थाप्न यो देशमा अव एमाले मात्रै रहेको वताउनु भयो ।
भेलामै नेपाली काँगे्रशबाट साविक देवस्थल गाविस सभापाती दिप वहादुर खड्का, केशवराज शर्मा लगाएतका दर्जन वढिले एमाले प्रवेश गरेका छन् । एमाले प्रवेश गर्ने नेपाली काँग्रेस साविक देवस्थल गाविस सभापति लगाएतका व्यक्तिहरुलाई नेताहरुलाई स्वागत गरेका थिए । खड्का र शर्मा गएको स्थानिय तहको चुनावमा काग्रेसबाट अध्यक्ष र सदस्यमा चुनाव लडेका थिए ।

नगर संयोजक रविराज शर्माको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य जिल्ला कमिटी सदस्य अकबर पुन र सञ्चालन नगर सदस्य गुञ्जमान वुढाले गर्नु भएको थियो ।।

प्रकाशित मिति : २०७४ भाद्र २१ गते बुधवार
प्रतिक्रिया