सुविधा सम्पन्न बहिरङ्ग भवनको निर्माण कार्य सुरु

तुलसीपुर २१ भदौराप्ती आँखा अस्पताल तुलसीपुरले सुविधा सम्पन्न भवन निर्माण गर्न लागेको छ । ३० बर्ष अघि निर्माण गरेका भवनहरुबाट सेवा प्रवाहमा कठिनाई हुनथाले पछि विभिन्न दाताको सहयोगमा ४० कोठे भवन निर्माण गर्न लागेको हो । भवनको लागत अनुमान पाँच करोड ३९ लाख ५८ हजार गरिएको छ । केहि समय अघि मुस्कीलले एक सय देखि डेढसय सम्म उपचार सेवा लिन आउने आँखाका बिरामीहरु हिजोआज अस्पतालमा साढे तीनसय देखि चार सय सम्म आउने गरेको अस्पतालका प्रशासकीय अधिकृत सम्शेर थापाले जानकारी दिनुभयो । ‘आँखा अस्पतालाई नमुना र सुविधा सम्पन्न गराउन पाँच अर्ब ९ करोडको गुरु योजना गराएर अघि बढेका छौ, आवश्यकता अुनसार भवन निर्माण गर्दै जानेछौ,’ अधिकृत थापालो भन्नुभयो ।’
अस्पताल परिसरमा निर्माण गरिन लागेको बहिरङ्ग भवनको बुधबार सांसद वुद्धिराम भण्डारीले सिलन्यास गर्नु भएको थियो । कार्यक्रममा बोल्दै सांसद भण्डारीले अस्पतालको विकासका लागि लागी पर्ने बताउनुभयो । अस्पताल राप्तीको पहिचान भएकाले पनि यसको विकास र विस्तारका लागि सबैले पहल गर्नुको विकल्प नभएको बताउनुभयो । ‘अहिले बाहिर उपचार सेवा लिन जानु परेको भए आर्थिक र समयको कति खर्च हुन्थ्यो, – सांसद भण्डारीले भन्नुभयो,– नजिकै छ भनेर वास्ता नगर्दा अस्पतालको वृद्धि विकास नहुदा हामीलाई घाटा लाग्छ, त्यसैले सबै आ–आफनो ठाउँबाट लागौ ।’
अन्य सहभागी वक्ताले शरिरको सबै भन्दा प्रमुख अंग आँखाको उपचार गर्ने अस्पाललाई राज्यले विशेष बजेटको व्यवस्था गर्नु पर्ने बताए थिए । देशका विभिन्न स्थानमा रहेका आँखा अस्पतालहरुमा राज्यले अपेक्षा अनुसार बजेटको व्यवस्था नगर्दा ती रुग्न र जीर्ण अवस्थामा रहेको भन्दै वक्ताहरुले कम्तिमा ६० प्रतिशत बजेको व्यवस्था गर्नु पर्नेमा जोड दिए ।
नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रमा एनए वीपीका प्रोजेक्ट म्यानेजर हरिशरण विष्ट, प्रहरी अतिरिक्त महानिरीक्षक मिङमार लामा, दाता नारायणी शर्मा, रेडक्रस दाङका सभापति नारायण आचार्य, नेपाली सेनाको १९ नम्बर बाहिनी अड्डा तुलसीपुरका प्रमुख विनोद पाण्डे, नागरीक समाज दाङका संयोजक टीकारामा रेग्मी, नेपाली कांग्रेस दाङका सभापति कृर्तिबहादुर खड्का, नेपाल नेत्रज्योति संघ दाङका सल्लाहाकार ढुण्डीराज लामीछाने, तुलसीपुर उप महानगरपालिका ४ नम्बर वडा अध्यक्ष बालकृष्ण राना, भगवती शर्मा, लमही नगरविकास समितिका अध्यक्ष घनश्याम सुवेदी, अस्पतालका चिप मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवाल लगाएतले बोल्नु भएको थियो । नेत्रज्योति संघका उपाध्यक्ष रेशमबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव चिरञ्जीवी रिजालले गर्नुभएको थियो ।

यसैविच अस्पताले विहिबार देखि सबै आँखा खस्पतालबाट निशुल्क मोतिविन्दुको अप्रेसन गर्ने भएको छ । बहिरङ्ग भवन निर्माण गर्न लागेको उपलक्ष्यमा नेपाल नेत्रज्योति संघ दाङ, आँखा स्वास्थय कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्र्तगत सञ्चालन भएका राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल, छन्द कालेवावु नारायणी आँखा अस्पताल बहादुरगञ्ज कपिलबस्तुबाट सात दिन सम्म निशुल्क सेवा दिने भएको हो ।
अस्पतालले भदौ २२ गते देखि २८ गते सम्म तीन वटै अस्पतालबाट सेवा दिन लागेकाले पायक पर्ने स्थानमा गएर उपचार सेवा लिन अस्पतालका नेत्र अधिकृत शालिकराम गौतमले अनुरोध समेत गर्नुभको छ ।

 

 

प्रकाशित मिति : २०७४ भाद्र २१ गते बुधवार
प्रतिक्रिया