कृषी विकास बैंकको कार्यालय घेराउ

तुलसीपुर, २१ भदौ ।

तुलसीपुरका व्यवसायीले कृषी विकास बैंकको कार्यालय घेराउ गरेका छन् । जनपथ प्रहरीको पाँच नम्बर प्रदेशको मुकाम कार्यालय राख्नका लागि बैंकले खाली भवन नदिनेृ भए पछि व्यवसायीले कार्यालय घेराउ गरेका हुन् । तुलसीपुर उद्योग बाणीज्य संघको नेतृत्वमा १० बजे पुगेका व्यवसायीले घेराउ गरेका हुन् । घोराही रोडमा रहेको खाली भवनमा बैंकका प्रवन्धक एकराज आचार्य आफै पुगेर भवनमा ताला लगाएपछि व्यवसायी आक्रोसीत भएका हुन् । उक्त भवन विगत दुई बर्ष देखि खाली छ । प्रदेश कार्यालयको मुकाम तुलसीपुरमा राख्ने नेपाल सरकारले निर्णय गरेपछि नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक मिङमार लामा तुलसीपुरमा आउनुभएको छ । तत्काल सरकारी भवन नभएको अवस्थामा प्रहरी अतिरिक्त महानिरीक्षक लामालाई राख्नका लागि व्यवसायीले उचित भवनको खोजीमा छन् । अहिले वार्ता भइरहेको बाणीज्य संघका अध्यक्ष विरबहादुर रावत विरुले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २०७४ भाद्र २१ गते बुधवार
प्रतिक्रिया