दाङमा लागुऔषध (नुफिन) सहित एक जना पक्राउ

घोराही,२० भदौ ।
लागुऔषध (नुफिन) सहित एक पुरुष लाई दाङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला रुकुम बाफिकोट गाउपालिका वडा नं.२ घर भई हाल घोराही उप महानगरपालिका वडा नं.१५ बस्ने बर्ष १९ को सुनिल गौतम रहेको बताइएको छ ।

अवैध लागुऔषधको कारोबार समेत भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले गौतमलाई शंकास्पद तवरमा फेला पारी निजको शरीर समेत रितपुर्वक खानतलासी गर्दा १७ थान नुफिन,१७ थान पेरागन,१८ थान सिरिन्ज र कारोवार गरी संकलन गरेको ४ हजार रुपैया सहित पक्राउ गरएिको प्रहरी प्रमुख दुर्गा सिंहले बताउनुभयो ।

यस बारे लागुऔषध नोफिन शिर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान भईरहेको जनाइएको छ ।

प्रकाशित मिति : २०७४ भाद्र २० गते मङ्गलवार
प्रतिक्रिया