देउवा सरकार झुम्राको पुतली : ओली

चितवन,१८ भदौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झुम्राको पुतली जस्तै जोडेर बनाएको अहिलेको सरकारले राम्रो काम गर्न नसकेको बताउनुभएको छ । प्रेस चौतारी चितवनले भरतपुर विमान स्थलमा आइतबार गरेको पत्रकार सम्मेलनमा ओलीले यस्तो बताउनुभएको हो ।

संविधान संंशोधनको प्रस्ताव फेल भएको दुई दिनपछि भारतमा गएर संशोधन गर्छु भन्नु लाजमर्दो विषय भएको बताउँदै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा लिखित मन्तव्य सकिसकेपछि विशेष समय लिएर जसरी पनि संविधान संशोधन गर्ने आसय व्यक्त गर्नु राम्रो नभएको बताउनुभयो । भ्रष्टचारको विरुद्धमा एमालेले पटक–पटक संसदमा आवाज उठाउँदै आएको भन्दै ओलीले एमाले एक्लैको प्रयासले भ्रष्टचार नियन्त्रण सम्भव नरहेको बताउनुभयो ।

यसैबिच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असोज २ गते प्रदेश नम्बर दुईमा हुने स्थानीय तहको चुनावमा एमाले पहिलो पार्टी बन्ने बताउनुभएको छ । चितवनको भरतपुरमा अनेरास्ववियुको केन्द्रीय कमिटि र राष्ट्रिय परिषदको बिस्तारित बैठकलाई आज सम्वोधन गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसलाई एमालेको भातृ संगठन अनेरास्ववियु भन्दा अलि ठूलो भएको टिप्पणी गर्नुभयो ।।

प्रकाशित मिति : २०७४ भाद्र १८ गते आइतवार
प्रतिक्रिया