तुलसीपुर,१८ भदौ । दाङमा प्रहरीले जूवातास नियन्त्रण अभियानलाई तीव्र बनाएको छ । प्रहरीले बाजर क्षेत्रमा छापा हानीरहदा जुवाडेहरु गाउमा गएर जुवा खेल्ने गरेको श्रोतले बताएको छ । यसैक्रममा ववई गाउपालीका वडा नम्बर ६ निवासि अशोक डागीको घरबाट ८ जना जुवाडेलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पक्रउा पर्नेमा विनोद गिरी,मिनु गिरी,डिल बहादुर घर्ति,विजय बुढा,सोवेन्द्र देवकोटा,खिम बहादुर रावत,प्रकाश डागी र राम बहादुर भण्डारी रहेका छन । उनिहरुको साथवाट २ लाख ७८ हजार ९ सय १५ रुपैया बरामद भएको छ । त्यसैगरी तास र १६ वटा कौडा समेत वरामद गरीएको प्रहरीले बताएको छ ।
यस अघि घोराही उपमहानगरपालिका १३ डुम्मरगाउँमा जूवा खेलिरहेका ६ जना पक्राऊ परेका थिए ।
प्रकाशित मिति : २०७४ भाद्र १८ गते आइतवार