हिमाली र पहाडी जनतामाथि अन्याय : उपाध्यक्ष ज्ञवाली

रुकुम,१७ भदौ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले निर्वाचन क्षेत्र निर्धारण आयोगले हिमाल र पहाडी क्षेत्रमा बसोबास गर्ने जनतालाई अन्याय गरेको बताएका छन् । नेता ज्ञवालीले शनिबार प्रेस चौतारी रुकुमद्वारा आयोजित पत्रकार सम्मेलनमा आयोगले क्षेत्र निर्धारण गर्दा जनसंख्यालाई मात्र आधार मानेर हिमाल र पहाडी क्षेत्रमा बसोबास गर्ने जनतालाई अन्याय गरेको बताएका हुन् ।

उपाध्यक्ष युवराज ज्ञवालीले आगामी चुनाबहरुमा पनि काग्रेस माओबादी सहितका दलहरु मिलेपनि नेकपा एमालेलाई जीत्न नसक्ने बताएका छन । स्थानीय तह निर्बाचन मार्फत नेकपा एमाले देशको पहिलो शक्तिको रुपमा उदाईसकेकेको बताउदै आगामी दिनहरुमा हुने स्थानीय, प्रदेश र संघको चुनाबमा पनि एमाले नै पहिलो पार्टी हुने बताएका हुन ।

६ नम्बर प्रदेश संयोजकसमेत रहेका उपाध्यक्ष ज्ञवालीले ६ नम्बर प्रदेशको राजधानी सुर्खेतमा बनाउने र यसको नाम कर्णाली प्रदेश राख्नको लागि एमाले प्रदेश समितिले निर्णय गरिसकेको जानकारी गराए ।

प्रकाशित मिति : २०७४ भाद्र १७ गते शनिवार
प्रतिक्रिया