तुलसीपुर, १३
तुलसीपुर उप महानगरपालिका प्रमुख घनश्याम पाण्डेले जसले फोहर गर्छ उसैले सफा गर्ने शिद्धान्तलाई आत्मसाथ गर्नु पर्ने बताउनुभएको छ । ‘जसले जथाभावी फोहर गर्छ उसैले सफा गर्नुपर्छ – पाण्डेले भन्नुभयो त्यासोभयो भने मात्रै सरसफाई अभियानले पर्णता पाउछ ।’
तुलसीपुरमा जारी क्लिन तुलसीपुर, ग्रिन तुलसीपुर सरसफाई अभियान अन्तर्गत मंगलवार ५४ औ हप्ताको सफाई अभियानलाई सम्बोधन गदै पाण्डेले यस्तो बताउनु भएको हो ।
कुनै समयमा मुख्य वजार क्षेत्रमा मात्र सिमित भएको भन्दै अव नगरको सवै वडामा विस्तारलाई अघि बढाएको उहाले बताउनु भएको छ । तुलसीपुर उपमहानगररपालिका कार्यालय र तुलसीपुर उद्योग वािणज्य संघको सयुक्त आयोजना तथा दर्जनौ सामाजिक संघसंस्थाहरुको सहकार्यमा गत वर्षको भदौ ७ गतेदेखी निरन्तर रुपमा अभियान सञ्चालन हुदै आएकोृ छ । मंगलवार सरसफाई अभियानको अगुवाई नेपाल यातायात ब्यवसायी राष्टिय महासघँले गरेको थियो ।
तुलसीपुरको बषपार्क पिपलबोट,उत्तरतर्फ प्रगतीशिल टोल हुदै आलुमण्डिमा सरसफाइ गरिएको थियो । कार्यक्रममा वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक नवराज लामीछाने प्रत्येक हप्ता गरीने सरसफाई अभियान सचेतना र दवाव मुलक रहेको बताउनु भएको छ । हामीले एउटा सन्देश दिने हो त्यसैलाई आधारमा मानेर सवैले आ–आफनो घरआगन आफै सफा राख्नु पर्छ उहाले भन्नु भयो
अभियानमा तुलसीपुर उद्योग बाणिज्य सघं,विभिन्न सामाजिक सघंसस्था, नेपाल प्रहरी ,शसस्त्रप्रहरी,राजनितिक दल, जनप्रतिनिधिहरु लगाएतकाको सहभागीता रहेको थियो ।।