तुलसीपुर उपमहानगरको वजेट १ अर्व १७ करोड ८६ लाख ९६ हजार (वजेटको पूर्ण पाठ सहित)

तुलसीपुर,१२ भदौ । तुलसीपुर उपमहानगरपालिकाको नगरसभाको प्रथम अधिवेशनको दोस्रो वैठक सोमवार तुलसीपुरमा सम्पन्न भएको छ । बैठकमा उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले चालु आर्थिक वर्ष २०७४/०७५ को नगरसभाको पहिलो वैठकले पारित गरेका निति तथा कार्यक्रमका लागी विनियोजन बजेट सार्वजनिक गर्नु भएको छ ।

बैठकमा उपमेयर आचार्यले चालु वर्षमा निति तथा कार्यक्रम कार्यन्वयन गर्न बनेको ऐन अन्र्तगत ९ पेजमा तयार पारिएको ६३ वटा बुद्धाको वजेट प्रस्तुत गर्नु भएको थियो । आचार्यले गत आर्थिक वर्ष ०७३/०७४ को खुद आय व्यव ३२ करोड ४१ लाख ४७ हजार ७६ रुपैयाको वजेट प्रस्तुत गदै चालु आर्थिक वर्षको अनुमानित १ अर्व १७ करोड ८६ लाख ९६ हजार ३ सय ९७ रुपैयाको वजेट प्रस्तुत गर्नु भएको छ ।

प्रस्तुत वजेटमा चालु वर्षको प्रशासनिक खर्चतर्फ ९ करोड ८१ लख ६१ हजार ८ सय ८२ रुपैया वजेट विनियोजन गरीएको छ । त्यस्तैगरी पुजिगत विकास,नगर र वडा स्तरिय पुर्वाधार विकास र अन्य विकास कार्यक्रमका लागी १ अर्व ८ करोड ६५ लाख ३४ हजार ५ सय ६८ रुपैया विनियोजन गरीएको उपमेयर आचार्यले प्रस्तुत गर्नु भएको थियो । नगरका १ देखी १९ वटै वडामा १ करोडका दरले १९ करोड वजेट विनियोजन गरीएको उहाले जानकारी दिनु भएको छ ।
कँहा कती बजेट छुट्याईएको छ । हेर्न यहा क्लीक गर्नुहोस ।

Final Budget Biniyojan Tulsipur

प्रकाशित मिति : २०७४ भाद्र १२ गते सोमवार
प्रतिक्रिया