वाईसियल अध्यक्ष दिपशिखाले के भने ?

तुलसीपुर,१२ भदौ । वाईसियल नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा (दिपशिखा)ले यूवा लाई स्वदेशमा रोजगारी सृजना गर्नका लागि राज्यलाई जोडदार अपिल गर्ने बताउनुभएको छ । रिपोटर्स क्लब दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले यस्तो बताउनुभएको हो ।

नवनिर्वाचित अध्यक्ष सापकोटाले ६ महिनामा एक हजार यूवाहरुलाई रोजगारी प्रदान गर्ने बताउनुभएको थियो । रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष सापकोटाले बालकृष्ण ढुंगेलविरुद्ध अदालतको फैसला वाईसियललाई अस्वीकार्य भएको उहाले बताउनुभयो ।

नेकपा माओवादी केन्द्रको संगठन वाईसियलका अध्यक्ष दिपशिखाले द्धन्दकालीन घटनालाई लिएर अदालतले गरेको फैसला अन्यायपूर्ण रहेको भन्दै अस्वीकार्य रहेको बताउनुभएको हो । पत्रकार सम्मेलनको सहजिकरण रीर्पोटस क्लवका अध्यक्ष शरद रेग्मीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ भाद्र १२ गते सोमवार
प्रतिक्रिया